अर्घाखाँची जिल्ला अदालत मुद्दा फर्छ्याैटमा लुम्विनि प्रदेशकै पहिलाे

| २०७८ सावन ४ गते १९: ४७ मा प्रकाशित

हरिप्रसाद भुसाल। अर्घाखाँची जिल्ला अदालतको मुद्दा फछ्यौटमा लुम्विनी प्रदेशमै उत्कृष्ठ बन्न सफल भएकाे छ ।

आर्थिक वर्ष २०७७/०७८ मा लुम्विनी प्रदेशका सबै अदालतहरु मध्ये सबैभन्दा धेरै मुद्धा फर्छ्याैट गरि उत्कृष्ट बन्न सफल भएकाे हाे ।

अघिल्लाे वर्षका १४९ थान र यस आर्थिक वर्षमा दर्ता भएका २८० थान गरी ४३० थान मुद्धा रहेकोमा यस आर्थिक वर्षमा ३०५ थान मुद्दा फर्छ्याैट भएकाे अदालतले जानकारी दिएकाे छ ।

 याे कुल मुद्दाकाे ७०.९३ प्रतिशत हाे भने अर्घाखाँची जिल्ला अदालतमा अब फछ्यौट हुन बाँकी मुद्दा १२५ थान मात्र रहेका छन्। 

याे आर्थिक वर्षमा ३०० थान फैसला गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा बढी ३०५ थान अर्थात लक्ष्यको तुलनामा १०१.६६ प्रतिशत मुद्दा फछ्यौट गरेको जिल्ला न्यायाधिश बासुदेव न्याैपानेले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्