सामाजिक अभियान्ता यूवराज थापाको पहलमा उठेको २२९,१४४ रुपैँया मिर्गौला पिडित शिवबहादुर गन्धर्वलाई हस्तान्तरण

| २०७८ सावन ५ गते २१: २७ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - १०  धरमपानि भक्तेडाँडा निवासी दुवै मिर्गौला फेल शिवबहादुर गन्धर्वलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ। 

इजरायलमा रहनुहुने सामाजिक अभियान्ता यूवराज थापा,अमेरिकामा रहनुहुने समाजसेवी विजय सुनार,समाजसेवी राजेश क्षेत्री,समाजसेवी मधु कार्की समाजसेवी सन्तोष भुसाल र Express Al Madeena Hypermarket कतारमा कार्यरत रहनुहुने समाजसेवी ब्याक्तित्वहरुको ५३,९०७ रुपैँया सहयोग र पहलमा संकलित जम्मा कुल रकम २४७,१९७ (दुई लाख सच्चालिस हजार एक सय सन्तानब्बे रुपैँया) मध्ये पहिलो चरणमा २२९,१४४ (दुई लाख उनान्तीस हजार एक सय चवालिस रुपैँया ) जिल्लाको एक मात्र चर्चित मिडिया अर्घाखाँचीबुलेटिन डट्कमको कार्यालयमा आज एक कार्यक्रम बीच समाजसेवी युवा यूवराज थापा ,समाजसेवी कमला थापा , समाजसेवी सागर मरासिनि,समाजसेवी पम्फा थापा समाजसेवी मुक्त थापा,समाजसेवी योगेन्द्र चौहान,समाजसेवी अमृत सुनार(खनाल) ,समाजसेवी महेश चुंदाली लगायतको उपस्थितिमा उक्त आर्थिक सहयोग रकम दुवै मिर्गौला पिडित शिव बहादुर गन्धर्वलाई हस्तान्तरण गरिएको हो।बाँकी हस्तान्तरण गर्न रहेको १८,०५३  (अठार हजार त्रीपन्न रुपैँया )सहयोगी दाताहरुले पैसा पठाईसके पछि दोश्रो चरणको रकम हस्तान्तरण गर्दा बुझाईने अभियान्ता थापाले जानकारी दिएका छन्।

मिर्गौला पिडित शिव बहादुर गन्धर्वलाइ आर्थिक रकम हस्तान्तरण गर्दै 

दुवै मिर्गौला पिडित शिव बहादुर गन्धर्वलाई औषधिले काम नगरेपछि स्वास्थ्यमा थप समस्या थपिएको छ। उनलाई तुरुन्तै काठमाण्डौको मिर्गौला प्रत्यारोपण केन्द्रमा भर्ना गराई  दैनिकी डायलिसिस गर्नुपर्ने डाक्टरहरुको सल्लाह सुझाब आएको छ। निजको मिर्गौला उपचारमा आर्थिक (रकम) पैसाको ठुलो समस्या आईलागेको छ। मिर्गौला पिडित गन्धर्वको घरपरिवारको आर्थिक स्थिति अत्यन्तै नाजुक र दयनीय रहेको छ। निजकी श्रीमतीले आ- आफ्नो ठाउँ बाट आफु सक्दो आर्थिक रकम सहयोग गरी आफ्नो श्रीमानलाई बचाईदिनुहुन सामाजिक संजालमा एक भिडियो मार्फत हारगुहार गरेकी छिन। साथै अर्घाखाँचीबुलेटिन परिवार पनि गन्धर्वको मिर्गौला उपचारको लागि सामाजिक व्याक्तित्वहरु ,सामाजिक अभियान्ता र सम्पूर्ण संघ संस्थाहरु समक्ष आफु सक्दो आर्थिक (पैसा) सहयोग गरिदिनुहुनु हार्दिक अनुरोध गर्दछौँ। 

शिव बहादुर गन्धर्वका दुईवटा (किड्नी) मृगौंला उपचारका लागि आजको मिति सम्म सहयोग गर्नुहुने सहयोगी दाताहरुको नामावली यसप्रकार रहेका छन् :- 

१ ) यूवराज थापा - ५,००० /-
२ ) संजु थापा - ५०००/-
३ ) कतार बाट संयूक्त रुपमा प्राप्त भएको रकम - ५३,९०७ /
४ ) भेषराज क्षेत्री  - २५०० /-
५ ) बलराम भुसाल - १००० /-
६ ) सुब्बा थापा - २५५० /-
७ ) सागर मरासिनि  - ५००० /-
८ ) रमेश बि.क  -  १००० /-
९ ) एमआरसी युनिक दुबई - ३१०० /-
१० ) हरिशचन्द्र विश्कर्मा - १००० /- 
११ )हरि कुँवर  - १००० /- 
१२ ) खातामा आएको पैसा तर नाम थाहा नभएको - १००० /- 
१३ ) रामलाल शर्मा - २१०० /- 
१४ ) महेश भुसाल - १५०० /- 
१५ ) अर्पण पाण्डे - ३००० /-
१६ ) दिपक भुसाल - २५५५ /-
१७ ) राजेश परियार - ५९०८ /- 
१८ ) आशिष क्षेत्री - ५००० /- 
१९ ) राजेन्द्र भुसाल - १५०० /- 
२० ) कृष्ण भूसालको संयुक्त पहलमा - १०,०१० /- 
२१ ) चेतनारायण भट्टराई - १०,००० /- 
२२ ) विजय सुनार - २५,००० /- 
२३ )पिताम्बर नेपालि - ५,५८०/-
२४ )अभिषेक ओली - ५,०००  /-
२५ )राजेश पाण्डे - ५००० /-
२६ )सुधन मधु - १००० /-
२७ )रमेश बन्जाडे - २,००० /-
२८ )रंजित क्षेत्रि - ४,००० /-
२९ )प्रदिप आचार्य - १५०० /-
३० )मधु कार्कीको पहलमा साउदी बाट - ३०,११२/-
३१)अर्घाखाँची युवा समुह बाट - १९,५००/- 
३२ )सालिकराम शाही - ३,२२६ /- 
३३ )सन्तोष भुसाल - २१,६४९/- 

हिसाब गर्दा आउँने कुल रकम - २४७,१९७ (दुई लाख सच्चालिस हजार एक सय सन्तानब्बे )

नोट - कृपया सहयोगी दाताहरुको नामावली छुटेको भए अभियान्ताहरुलाई जानकारी गराउँनुहुन सामाजिक अभियान्ता थापाले अनुरोध गरेका छन। 

प्रतिक्रिया दिनुहोस्