४३ औं पुस्पलाल स्मृति दिबस बृक्षरोपण तथा विभिन्न कार्यक्रम गरि मनाइयो

| २०७८ सावन ७ गते २३: ५० मा प्रकाशित

अशोक खनाल,अर्घाखाँची।नेपाल कम्युनिस्ट पार्टी का महासचिव पुस्पलाल श्रेष्ठको ४३ औं स्मृति दिबसको अबसर पारी पुस्पलाल मित्रता केन्द्र अर्घाखाँचीले जिल्लाको सन्धिखर्क नगरपालिका वडा न. २ को सिटि टावर आसपासमा विभिन्न जातका बिरुवा लगाइ स्मृति दिवस मनाइएको छ।

१९८१ साल असार १५ गते रामेछाप जिल्लामा जन्मिएका श्रेष्ठले २००६ सालमा  नेपालमा कम्युनिस्ट पार्टी को स्थापना गरि आफू महासचिव भएका थिए ।उनको २०३५ साल साउन ७ गते भारतको प्रबास मा निधन भएको थियो ।

बृक्षारोपण कार्यक्रम मा कम्युनिस्ट पार्टी का नेताहरू यमुना भुसाल , रामचन्द्र पोख्रेल , पदम क्षेत्री ,भेष बहादुर केसी ,प्रेमनारायण गैरे,जनक गैर लागायत्को उपस्थित रहेको थियोपुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्र अर्घाखाँचीले शुक्रवार र शनिबार पनि अस्पतालका बिरामीलाई पोस्टिक आहार बितरण तथा नेपालको कम्युनिस्ट आन्दोलनको संकट  र अबको मार्ग बिषयमा अन्तर कृया कार्यक्रम समेत  गर्ने योजना रहेको मित्रता केन्द्रका अध्यक्ष प्रेमनारायण गैरेले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस्