अर्घाखाँचीमा आईतवार थप १९ जनामा कोरोना संक्रमण: ६ जना डिस्चार्ज भएर घर फर्किए

| २०७८ सावन ११ गते ०१: ५३ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची। अर्घाखाँचीमा कोरोना संक्रमणदर दिनप्रतिदिन उक्कालो लाग्दै गईरहेको छ । निषेधाज्ञा खुकुलो भएसंगै जिल्लामा संक्रमणदर बढ्दै गएको हो । यसैबिच आईतवार थप १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा १४ जना,भुमिकास्थान नगरपालीकामा ४ जना, र छत्रदेव गाउँपालीकामा १ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३१ सय १६ पुगेको छ ।

यस्तै आईतवार थप ६ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ४ जना, मालारानी गाउँपालीकाबाट २ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन । यससंगै जिल्लामा हालसम्म २६ सय ३४ जनाले कोरोनालाई जितेका छन ।

यस्तै संक्रमणका कारण थप १ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मालारानी गाउँपालीका वडानं.५ का ९९ बर्षिय पुरुषको ज्यान गएको हो । उनको आफ्नै घरमा ज्यान गएको हो । यससंगै कोरोना संक्रमणका कारण जिल्लामा हालसम्म ७० जनाको ज्यान गएको छ ।

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ४१२ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा २१६ जना, भुमिकास्थान नगरपालीमा ११४ जना, शितगंगा नगरपालीकामा २० जना, मालारानि गाउँपालीकामा ३६ जना, पाणिनि गाउँपालीकामा २२ जना र छत्रदेव गाउँपालीकामा ४ जना संक्रमित रहेका छन ।

प्रतिक्रिया दिनुहोस्