कोभिडका कारण वडा अध्यक्षको मृ'त्यु पछि सन्धिखर्क नगरपालिका एक साता बन्द रहने

| २०७८ सावन ११ गते १४: २५ मा प्रकाशित

कमला पोख्रेल, सन्धिखर्क।  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको कोभिड १९ले मृत्यु भएपछि एक हप्ताको लागि नगरपालिका बन्द रहने भएको छ ।

नगर प्रमुख कमल प्रसाद भुसालको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले नगर कार्यपालिकाको कार्यालय तथा १२ वटै वडा कार्यालयका अत्याबश्यक बाहेकका सम्पुर्ण काम श्रावण १७ गते सम्म बन्द गर्ने तथा सबै वडा र नगरमा १३ दिन सम्म शोक पुस्तिका राख्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनु भयो । 

सन्धिखर्क नगरपालिका ८ किमडाडामा घर भएका वडा अध्यक्ष भुसालको उपचारको क्रममा काठमाण्डौको ह्याम्स अस्पतालमा ६१ बर्षको उमेरमा आइतबार मृत्यु भएको  थियो । कोभिडको विरामी परेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको वडा अध्यक्ष भुसालको अबस्था गम्भीर बनेपछि आज भन्दा ४ दिन अघि हेलिकप्टरबाट उपचारकालागि काठमाण्डौ लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्