सन्धिखर्क ८ को वडा कार्यालयमा शोक सभा सम्पन्न , वडा कार्यालय १३ दिन बन्द गरिने (भिडियो सहित)

| २०७८ सावन ११ गते १५: ४० मा प्रकाशित

सागर मरासिनी , सन्धिखर्क। अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका  वडा नम्बर ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसाल को सम्झनामा आज वार्ड कार्यालय मा शोक सभा सम्पन्न भएको छ । शोक सभामा उहाको फोटोमा अबिर र फुल चढाइएको हो ।

वडा अध्यक्ष भुसाल को हिजो बिहान काठमाण्डौको ह्याम्स अस्पतालमा कोरोना का कारण निधन भएको हो । उहाको निधन ले पुरै सन्धिखर्क ८ शोक मा परेको छ।

शोक सभा 

शोक सभामा वडा नम्बर ८ का जनप्रतिनिधि हरु क्रमश: का .वा. अध्यक्ष देवी थापा भुसाल , नारायण अर्याल , कमल पराजुली , कमला सुनार को उपस्थिति रहेको थियो । त्यसै गरि  सन्धिखर्क ८ स्वास्थ्य चौकी प्रमुख प्रकाश परियार , सी.अ.हे.ब. यादव पाण्डे , सी.अ.न.मि. लुमा पराजुली , वडा सचिव अनिल पुन मगर , पत्रकार सागर मरासिनी , स्थानीय समाजसेवी सुमन के सी, कृष्ण खत्री ,  राम प्रसाद अर्याल , जालन्धर आचार्य, बाबुराम पाण्डे  साथै अन्य स्थानीय को उपस्थिति रहेको थियो ।  

शोक सभा 

साथै  वडा कार्यालय बाट  प्रदान हुने अत्यावश्यक बाहेकका सम्पूर्ण कामकाज हरु १३  औ दिनको पुण्य तिथि  सम्म बन्द रहने वडा सचिब अनिल पुन मगर ले अर्घाखाँची बुलेटिन लाइ जानकारी दिनु भएको छ ।

सन्धिखर्क ८  वडा कार्यालयको सुचना 

 

प्रतिक्रिया दिनुहोस्