मोटरसाइकल दुर्घटनामा अर्घाखाँचीका एक युवकको मृ'त्यु

| २०७८ सावन ११ गते १६: १० मा प्रकाशित

संधिखर्क। सन्धिखर्क नगरपालिका वार्ड नं. १ का एक युवाको कपिलवस्तु जिल्लाको वाणगंगा ८ चप्परगाउँमा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ ।

सन्धिखर्क १ ट्राफिक कार्यालयका ३१ बर्षिय दान बहादुर खड्काको आईतबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परि निधन भएको हो ।

दुर्घटना परि उनी घाइते भएका थिए । उनलाई उपचारको लागि चौराह अस्पताल बुटवल लगिएको र उपचारको क्रममै उनको गय राति निधन भएको प्रहरीले जनाएको छ ।

पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२५ प १०२६ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको लु ३ त ४७०१ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किदा मोटरसाइकलको पछाडि सवार गरेका खड्काको ज्यान गएको हो । मोटरसाइकल चालक अर्घाखाँची सन्धिखर्क १ का २८ बर्षिय सिबु केसीको अवस्था पनि गम्भीर रहेको कपिलवस्तु जिल्ला प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

घाईते केसीको चौराह अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खड्का बिदेश जाने सिलसिलामा बुटवलमा कोरोना खोप लगाएर छिमेकी भाईसँग घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परेका थिए ।स्रोत - सुनौलो प्रेस 

प्रतिक्रिया दिनुहोस्