अर्घाखाँचीकाे मालारानी गाउँपालिका–४ खनमा यसरी गरियो प्रधानमन्त्री रोजगार कार्यक्रममा अनिमितता :

| २०७८ सावन १२ गते १२: ४९ मा प्रकाशित

बिशाल कुमार  बिक /

गरीब तथा बेराेजगार जनतालाई लक्षित गरी आएकाे कार्यक्रमकाे यति धैरै पैसा कहाँ गयाे ?


प्रधानमन्त्री रोजगार कार्यक्रम सम्पन्न भएपछि हामीसँग केही जनगुनासहरू आए। हामीले त्यसलाई सुरूदेखी पैसा बाँढ्ने बेला सम्मको सबै कुराहरू अध्ययन गरिरहेका थियाैं। र, यो कुरा सबैले जान्न र बुझन जरूरी छ।
 
मालारानी–४ मा  प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुनकाे लागि भनेर फारम भर्नेमध्ये ११० जनालाई छनोट गरियो। उनीहरू सबैलाई काम दिइयाे। 

काम सकिएपछि ११० जनाको बैंक खाता खोलियाे, तर वडामा त्यहाँका केही  नेता भनाैदा र वडाअध्यक्षले आफ्ना झोलेहरूलाई समेट्दै १ को ३ अर्थत: ११० जनालाई ३३० बनाउने भन्ने निणर्य अनुसार प्रत्येक खन साबिकको ९ वटै वडालाई आधार बनाएर कोटा छुटाएको रहेछ। जुन आफैमा कानुन विपरित हाे। ३१ जना फाराम नभरेकालाई राखियो वा थपियो भनि यसरी कुल ३६१ जना पुर्याइयाे। त्यसमा केही नेत्तृत्व गर्ने काम लगाउनको  प्रत्येक वडाबाट १/२ जनाको रहभरमा काम भयो। 

उक्त सहि तथ्यांक पत्ता लगाउन हामी खनका ९ वटै वडामा खटिएको टिम लिडरबाट प्रत्यक्ष रूपमा त्यहाँ काम गर्ने मान्छेको संख्या संकलन गरियो जुन निम्नानुसार छ।
वडा नं. १–४०जना 
वडा नं. २–३० जना
वडा नं. ३– ३९ जना 
वडा नं. ४– ३० जना
वडा नं. ५– ५५ जना 
वडा नंं. ६– १८ जना
वडा नं. ७–३१ जना
वडा नं. ८– ३३ जना
वडा नं. ९– ३५ जना 

यी सबैकाे कुल संख्या ३११ जना हुन्छ। 

यसमा पनि अलिकति कम छ कि भन्ने अकलन हुनु स्वाभविक छ, किनकी कुनै–कनै वडामा मिसाएर काम लगाएको भन्ने कुराबाट त्यहाँको संड्ख्या अझै कम हुन सक्छ। 

पैसा कसरी बाँडियो ? कति आएको थियो ? जनताको हातमा कति पर्याे ?

१ जनालाई ५११८३  आएकाे थियो। १८३ खातामा राख्ने ५१००० (एक्काउन हजार) निकाल्ने र १ जनाको पैसा ३ जनालाई बाँढ्ने तपाइहरूलाई किन दु:ख दिने भन्दै ११० जनाकाे चेकमा पैसा र हस्ताक्षर गरिदिनुहोस् भनि जम्म गरियो सबै चेकमा नाम लेखिएको थिएन् रू.१० लाख पहिले निकालियो बाँकी केही दिनकाे अन्तरलमा एक जनाको खातामा ट्रान्सफर (पठाई) निकालियो, र जसले टिमको नेत्रृत्व गरेको थियो उसैबाट सबैलाई रू. १५५०० को दरले बितरण गरियाे। हामीहरू यहाँ निर स्पष्ट हुन जरूरी छ।

११० लाई ५१ हजारले गुणा गर्दा  ५६ लाख १० हजार  हुन्छ। जसलाई १८ हजार ३८ रूपैयाँदेखि १५५०० काे कुल २ हजार ५ सय ३८ लाई ३११ ले गुणा गर्दा ७ लाख ८९ हजार ३ सय १८ हुन्छ। यस हिसाबले ७ लाख ८९ हजार ३ सय १८ रूपैयाँ कहाँ गयाे ?
 
उहाँहरूको भनाइ के छ ?, वास्तविक के हाे ? किन यस्तो गरियो ? यो पैसा कसले खायो कि कतै राखियो की? अन्त: कतै  लगानी गरियाे की भनी जान्नकाे लागि अनेक प्रयास गरियो तर सम्बधित कसैकाे पनि फोन उठेन। न त एसमेसको रिपलाई आयाे।

हामी सबै जना खन बसीलाई के अनुरोध गर्दछाैं भने वडा कार्यलयमा गएर यसको छनबिन गर्नुहाेस् त्यहाँको डेटा (तथ्यांक) लगत छ सबैले आ-आफ्नो वडामा काे–काे ले काम गरे नाम लिट (विवरण) बनाएर वडामा गएर सत्य तथ्य निकाल्नु होस।

प्रतिक्रिया दिनुहोस्