सन्धिखर्क ८ मा २१ जना नयाँ कोरोना संक्रमित भेटिए : आज देखि वडा मा बन्दाबन्दि (सिल) लगाइयो

| २०७८ सावन १२ गते १८: १४ मा प्रकाशित

सागर मरासिनी,सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ८ गाजरी मा आज एण्टिजीन  परिक्षण  गर्दा  २१ जना कोरोना संक्रमित भेटिएका छन् ।

आज वडा को गाजरिमा १०४ जनामा गरिएको परिक्षण मा २१ जना मा कोरोना संक्रमण  देखिएको सन्धिखर्क ८ का स्वास्थ्य चौकी प्रमुख प्रकाश परियार ले जानकारी दिनु भएको छ । कोरोना का कारण साउन १० गते यसै  वडा का वडा अध्यक्ष इश्वरी प्रसाद  भुसाल को निधन भएको थियो । 

स्थानीयहरू मा कोरोना सग मिल्दो जुल्दो  लक्षण देखिएपछि एण्टीजिन परिक्षण गरिएको का.वा. वडा अध्यक्ष देबी थापा भुसाल ले जानकारी दिनु भएको छ । 

कोरोना ले वडामा  महामारी को रुप लिन थालेको भन्दै वडा कार्यालय ले आज राति १२ बजे पछि वडा मा बन्दाबन्दि (सिल) लगाउने भएको छ । वडा ले आज सुचना निकाल्दै अत्यावश्यक बाहेक का सम्पूर्ण क्षेत्र बन्द गर्न आग्रह गरेको छ । 
यस्तो छ वडा को सुचना :

प्रतिक्रिया दिनुहोस्