भुमिकास्थानमा विप्लव नेतृत्वको नेकपाद्धारा राहत वितरण

| २०७८ सावन १२ गते १९: ३९ मा प्रकाशित

अर्घाखाँची।विप्लव नेतृत्वको नेकपा, भूमिकास्थान नगर कमिटीले दुई वर्ष देखि प्यारालाईसेस पीडित खिम बहादुर नेपालीलाई राहत वितरण गरेको छ।नगरकमिटी ले भुमिकास्थान वडा नं ९ हराचौर निवासी प्यारालाईसेस पीडित खिम बहादुर नेपालीको घरमा पुगी आज राहत वितरण गरेको हो।

सुदिप नेपाली ,गणेश नेपाली र बिजय नेपालीको नेतृत्वमा प्यारालाईसेस पीडितलाई राहत वितरण गरिएको हो ।पीडितलाई खाना समेत छिमेकीले खुवाएको अवस्थामा स्थानीय सरकार अथवा सरोकार वाला निकायको ध्यान पुर्‍याउने उद्धेश्यले दाल,चामल,तेल,नुन वितरण गरेको जनाइएको छ।राहत वितरणमा बोल्दै सुदिप नेपालीले सिहं दरबारको अधिकार गाउँ घर छरछिमेकमा भनिएता पनि स्थानीय वासिलाई स्थानीय सरकारको कुनै अनुभुती नभएको बताएका छ्न।

नगर ईन्चार्ज क. नवीन खड्काले पटक पटक वडा अध्यक्ष र प्रशासकीय प्रमुखलाई जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको बताएका छ्न ।उक्त कार्यक्रमको सन्चालन गणेश नेपालीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्