डाक्टर र स्वास्थ्यकर्मी माथि दुव्र्यवहार गरेको भन्दै वेकशील साझा पार्टी अर्घाखाँचीद्वारा चन्द्रबहादुर खड्कालाइ कडा कारबाहीको माग (बिज्ञप्ति सहित)

| २०७८ सावन १४ गते १५: ३८ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँची जिल्ला अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मी माथिको दुव्र्यवहार निन्दनीय, भएको भन्दै विवेकशील साझा पार्टीले  दोषी उपर कडा कारबाहीको माग गरेको छ।

प्रेस विज्ञप्ति

अर्घाखाँचीको सन्धिखर्क स्थित अर्घाखाँची जिल्ला अस्पतालमा महामारीको बेला  सबैभन्दा जोखिम अवस्थामा नागरिकको ज्यान बचाउनलाई अहोरात्र खटिएका डाक्टर र स्वास्थ्यकर्मी माथि पुर्ब राष्ट्रिय सभा सदस्य श्री चन्द्र बहादुर खड्काबाट भएको  दुव्र्यवहार  प्रति विवेकशील साझा पार्टी निन्दा व्यक्त गर्दछ। 
महामारीमा आफ्नो र परिवारको साथमा रहनुपर्ने बेलामा सबैकुरालाई त्यागेर नागरिकको जीवन रक्षामा अहोरात्र खटिएका डा. कपिल गौतम र स्वास्थ्यकर्मी माथिको दुव्र्यवहार प्रति विवेकशील साझा पार्टी अर्घाखाँची  चिन्ता व्यक्त गर्दछ।

उक्त घटनामा सत्य तथ्य छानबिन गरि दोषीलाई हदैसम्मको कडा कारबाही गर्न जोडदार माग गर्दछ। डाक्टर र नर्सको सुरक्षाका लागि आवश्यक सम्पुर्ण ब्यवस्था बनाउन प्रशासनलाई अपिल गर्दै अग्रपंक्तिमा काम गरि रहेका डाक्टर, नर्स,स्वास्थ्यकर्मी र कर्मचारीलाई आभार प्रकट गर्दै यहाँहरुको कर्म प्रती हाम्रो सधैं सम्मान र उच्च आदर ब्यक्त गर्दछौं ।

संयोजक 
पशुपति पाण्डे 
विवेकशील साझा पार्टी, अर्घाखाँची।
मिति: २०७८ /०४/१४

प्रतिक्रिया दिनुहोस्