आज अर्घाखाँचीमा ४४ जनामा कोरोना संक्रमण पुष्टि: संक्रमितको संख्या ५४४ पुग्यो(सम्पूर्ण विवरण सहित)

| २०७८ सावन १४ गते १९: ४९ मा प्रकाशित

श्याम घिमिरे,अर्घाखाँची। अर्घाखाँचीमा कोरोना संक्रमणदर पुनः उक्कालो लाग्दै गईरहेको छ । निषेधाज्ञा खुकुलो भएसंगै जिल्लामा संक्रमणदर बढ्दै गएको हो । यसैबिच बिहिवार थप ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 

पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकामा ३० जना,भुमिकास्थान नगरपालीकामा १ जना, शितगंगा नगरपालीकामा ५ जना,मालारानी गाउँपालीकामा ७ जना र छत्रदेव गाउँपालीकामा १ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३३ सय ६५ पुगेको छ ।

यस्तै बिहिवार १९ जनाले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन । पछिल्लो २४ घण्टामा सन्धिखर्क नगरपालीकाबाट ८ जना, शितगंगा नगरपालीकाबाट ९ जना र मालारानी गाउँपालीकाबाट २ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन । यससंगै जिल्लामा हालसम्म २७ सय ४९ जनाले कोरोनालाई जितेका छन ।

कोरोना संक्रमणदर

अहिले जिल्लाका बिभिन्न पालीकाहरुमा ५४४ जना सक्रिय संक्रमित आईसोलेशनमा रहेका छन । जसमा सन्धिखर्क नगरपालीकामा २८१ जना, भुमिकास्थान नगरपालीमा १३० जना, शितगंगा नगरपालीकामा २५ जना, मालारानि गाउँपालीकामा ६० जना, पाणिनि गाउँपालीकामा ६३ जना र छत्रदेव गाउँपालीकामा १२ जना संक्रमित रहेका छन । कोरोना संक्रमणका कारण हालसम्म ७२ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्