अर्घाखाँचीमा विद्यार्थीहरुलाई छतमा राखेर हिड्ने बसलाई जिप्राका अर्घाखाँचीले गर्‍यो जरिवाना सहित कारवाही

| २०८१ बैशाख १४ गते १७: ०७ मा प्रकाशित

पूजा केसि,सन्धिखर्क।२०८१ साल वैशाख १३ गते गाउँबाट कक्षा १२ काे परीक्षा दिन आएका विद्यार्थीहरुकाे बस सन्धिखर्क आउँदै गरेको लु १ ख ७२१६ नम्बरको सवारी बस र बाेलेराे ले छतमा विद्यार्थी राखेको फोटोहरु विभिन्न सामाजिक सञ्जालमा पोस्ट भएसंगै जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीले गंम्भिर ध्यानाकार्षण देखाउँदै उक्त बसलाई कारवाही गरेको छ । 

छतमा विद्यार्थी राखेर हिड्ने बस र बोलेरोलाई खोज तलास को लागि जिल्ला ट्राफिक कार्यालय अर्घाखाँची बाट परिचालन गरेको प्रहरी टोली तिब्र रुपमा लागी परेको थियो। उक्त बसलाई बैशाख १४ गते शुक्रवारको  दिन १ हजार ५ पाँच सय जरिवाना गरि सवारी धनी र चालकलाई कागज गरि छाडीएको बुझीएको छ। 

नगदी प्राप्ति रसिद 

तर बाेलेराे सवारीको भने  खाेजी कार्य भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक नियम विपरित छतमा यात्रु राख्ने , यात्रु हरुको सुरक्षामा गंभिर लापरबाही भएकाले यो बिषय मा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाइएको छ।

यसैगरी जिल्ला ट्राफिक कार्यालयका प्रमुख हरि बहादुर केसीले जिल्लामा ट्राफिक नियमको बिषयमा पटकपटक प्रशिक्षण गर्दै आइरहेको बुझिएको छ।

साथै उक्त घटनाको सम्बन्धमा सम्बन्धित संस्था,सवारी धनी र चालकलाई कार्यालयमा बोलाएर छलफल र कागज गरी प्रचलित कानुन बमोजिम हुने ट्राफिक जरिवाना गरेर मात्र छाडिएकाे  प्रहरीले कार्यालय ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्