भुमिकास्थान चरेपानिकी एक किशोरी आफ्नै कोठामा घाटीमा पासो ,दुवै खुट्टा र आधा शरीर भुइमा टेकिएको अवस्थामा मृत फेला

| २०७८ सावन १४ गते २१: ५२ मा प्रकाशित

खुम रायमाझी ,अर्घाखाँची। जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर - ९ चरेपानिकी अन्दाजी १८/१९ बर्षिया किशोरी आफ्नो कोठामा झ्यालमा चुन्नीको पासो लगाई दुवै खुट्टा र आधा शरीर भुईमा टेकीएको अवस्थामा मृ'त फेला परेकी छिन।

मृत अवस्थामा फेला पर्नेमा भु.न.पा.०९ चरेपानीका मेख बहादुर बलालकी कान्छी छोरी अञ्जना बलाल रहेको खबर प्राप्त भएको छ। अञ्जना बलाल मृत अवस्थामा फेला पर्नुको कुनै कारण खुल्न नसकेको प्रहरी स्रोत ले जनाएको छ। मृतक अञ्जना बलाल संधिखर्क १ को हटारी नेटामा रहेको युवावर्ष जनता रविचित्र उच्च मा. वि.मा कक्षा ११ मा अध्यनरत रहेकी बुझिएको छ। घटना हेर्दा आत्महत्या न भएर ह'त्या होकी भन्ने शंका गर्न सकिन्छ। 

घटनाको बृस्तृत जानकारी आउँन बाँकी रहेको छ। प्रहरी द्वारा घटनाको अनुसन्धान भईरहेको खबर प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्