संचारकर्मी तथा समाजसेवी मेलिना सिंह ठकुरीद्वारा संकलित ४१,५१५ रुपैयाँ दुवै मृगौला पिडित शिव बहादुर गन्धर्वलाई हस्तान्तरण

| २०७८ सावन १६ गते १५: ०५ मा प्रकाशित

कमला थापा ,सन्धिखर्क। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० भक्तेडाँडा घर भएका शिव गन्धर्वको दुवै मृगौलामा गम्भीर समस्या देखिएपछि अहिले उपचाररत हुनुहुन्छ।

उहाँको उपचारको लागि आर्थिक अभाव भएपछि सबैतिरबाट उहाँलाई सहयोगी मनहरुले सहयोग गरिरहनुभएको छ भने विभिन्न अभियान्ताहरुले अभियान चलाएर पैसा संकलन गरेर हस्तान्तरण गरिरहनुभएको छ।

मेलिना सिंह ठकुरीले पनि फेसबुक ग्रुप बनाएर आर्थिक सहयोग अभियान चलाएकि थिइन् यसरी उठेको ४१,५१५ रुपैयाँ हिंजो  एक कार्यक्रमका बीच १० नम्बर वडाका वडाअध्यक्ष लक्ष्मीनारायण चुदालीको हातबाट मृगौला पिडित शिवलाई हस्तान्तरण गरिएको  छ।सहयोग गर्नेमा धेरै जना शिवको पुराना स्कुल पढ्दाका साथीहरु रहेका छन्।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष चुदालीले शिवलाई सबैले छिट्टै निको भएको देख्न चाहेको हुदा अझै पनि सहयोग उपलब्ध गराउन अनुरोध गर्नुभएको छ। मृगौला पिडित सबै साथीहरूलाई धन्यवाद दिदै साथीहरुलाई पनि सम्झेको बताएका छन्।

सहयोगी मनहरुको नाम यस्तो रहेको छ

१. माधव भुसाल - 1,100/-
२. करन क्षेत्री - 1,000/-
३. शुबिधा बि.सी - 1,500/-
४. मेलिना सिंह ठकुरी - 2,100/-
५. प्रकाश खनाल केरुङ्गा - 500/-
६. बन्दना श्रेष्ठ - 500/-
७. गिरीराज हमाल -10,000/-
८. माया श्रेष्ठ - 1,000/-
९. राजु भण्डारी - 2,000/-
१०. विशाल श्रेष्ठ - 2,100/-
११. विद्या खनाल - 1,500/-
१२. कृष्ण रानाभाट - 500/-
१३. सागर श्रेष्ठ - 3500/-
१४. विकास श्रेष्ठ - 5000/-
१५. रामु श्रेष्ठ - 1,111/-
१६. दामोदर रायमाझी - 5,000/-
१७. अमृता खड्का - 1,100/-
१८. बिमला खनाल - 500/-
१९. मन्जु वि.क - 1,500/-

 जम्मा रु    =    41,515/-

मेलिना सिंह ठकुरीले सम्पूर्ण सहयोगी मनहरुमा शिवको परियार र आफ्नो तर्फबाट हार्दिक आभार प्रकट गरेकी छन्।१० नम्बर वडा अध्यक्ष लक्ष्मीनारायण चुदालीको अध्यक्ष्यता र मेलिना सिंह ठकुरीको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका उपाध्यक्ष विरेन्द्र के.सी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्