कोरोनको कारण किमडाँडाका पुर्व वडाअध्यक्ष वीर बहादुर सुनारको निधन

| २०७८ सावन १९ गते १५: १२ मा प्रकाशित

सागर मरासिनी, सन्धिखर्क।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ का पुर्व वडाअध्यक्ष विर बहादुर सुनारको  कोरोनाका कारण मृ'त्यु भएको छ । 

उनी किमडाँडा गाबिसका पुर्व वार्ड अध्यक्ष ,श्री ग्रीनहिल कृषि सहकारी सस्था लि.का उपाध्यक्ष , श्री गाजरी पाखो सामुदायिक बन का अध्यक्ष ,नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम लुम्बिनी प्रदेशका जेष्ठ कम्युनिष्ट मंच सदस्य वीर बहादुर सुनारको ६७  वर्षको उमेरमा कोरोना संक्रमणका कारण लुम्बिनी प्रदेशीक अस्पताल बुटवलमा गएराती अं. ११:३० बजे निधन भएको हो। 

कोभिडको विरामी परेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको सुनारको अबस्था गम्भीर बनेपछि साउन ८ गते उपचारका लागि बुटवल लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्