चुत्रावेसिको भद्रीखोला जगंलमा बस्दै आएका १३ बादी परीवारलाई बस्ती निर्माण

| २०७८ सावन २३ गते १४: ०० मा प्रकाशित

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका स्थित भन्द्रीखोलाको जगंलमा बस्दै आएका १३ बादी परीवारलाई बस्ती निर्माण गरीएको छ ।

करिव ३७ वर्ष अघिदेखि त्रिपाल र टिनले छाएका टराहामा बस्दै आएका बादी समुदायको परिजवारलाई लुम्बिनी प्रदेशको नता आवास कार्यक्रमको सहयोगमा सन्धिखर्क नगरपालिकाले बस्ती निर्माण गरीदिएको हो ।

प्रदेश सरकारको ४३ लाख ६८ हजार र नगरपालिकाको ११ लाखको बजेटमा बस्ती निमार्ण गरी बादी परीवारलाई लालपूर्जा दिइएको हो । दुई कोठे घरमा शौचालय, विद्युत् खानेपानी लगायतको सुविधा रहेको छ ।इमेज खबर बाट 

प्रतिक्रिया दिनुहोस्