अर्घाखाँचीमा भोलि देखि लकडाउन खुकुलो हुने: सबै पसल र यातायातका साधन विहान ५ बजेदेखि साँझ ६ बजे सम्म खुल्ने

| २०७८ भदौ ८ गते १७: २५ मा प्रकाशित

नमराज भुसाल। आज बसेको जिल्ला विपद व्यवस्थापन समितिको  बैठकले अर्घाखाँचीमा लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ।

अर्घाखाँचीमा भाद्र ९ अर्थात भोलि देखि  शैक्षिक संस्था, होटल, रेष्टुरेन्ट ,पार्टीप्यालेस र शैलुन ,ब्युटिपार्लर,बाहेकका अन्य सबै पसल र यातायातका साधन स्वास्थ र सुरक्षाकोकाे मापदण्ड पालनागरि विहान ५ बजेदेखि साँझ  ६ बजे सम्म सन्चालन हुने भएका छन् ।

जिल्लामा कोरोना संक्रमण हुनेको संख्या मा कमि हुँदै गए पछि जिल्ला विपद व्यवस्थापन समितिको  बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गरेको हो। 

प्रतिक्रिया दिनुहोस्