मृगौंला पिडित शिव बहादुर गन्धर्वको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण

| २०७८ भदौ ९ गते १९: १५ मा प्रकाशित

मेलिना सिंह ठकुरी।अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर १० भक्तेडाँडा घर भएका मृगौंला पिडित शिव बहादुर गन्धर्वको उपचारका लागि अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर :- १० धरमपानी घर भई हाल रोजगारीको सिलसीलामा कतार रहेका नारायण रानाको नेतृत्वमा मोहन भुसाल र भविश्वर विश्वकर्मा द्वारा संकलित ६१,२६५  रूपैयाँ सन्धिखर्क नगरपालिका वडा नम्बर १० का वडा कार्यालयमा नारायण रानाको आमा जानका राना र मोहन भुसालको आमा रोमकला देवी भुसालको हातबाट मृगौंला पिडित शिव बहादुर गन्धर्वलाई हस्तान्तरण गरिएको छ।

कार्यक्रमका सन्धिखर्क नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष लक्ष्मीनारायण चुदाली , वडा सचिव धर्मराज भुसाल लगायतकाे उपस्थिति रहेको थियो।

दुवै मृगौंलामा गम्भीर समस्या देखिए पछि शिवबहादुर गन्धर्वको उपचारको लागि विभिन्न ठाउँबाट आर्थिक सहयोग उठिरहेको छ। आफ्नो आर्थिक स्थिति कमजोर भएकोले सबैलाई सहयोग गर्न शिवले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्