नेकपा एमाले सन्धिखर्क ८ को छैठौं वार्ड कमिटी बिस्तारित बैठक सम्पन्न

| २०७८ असोज ३ गते १२: ३६ मा प्रकाशित
सागर मरासिनी संवाददाता

सागर मरासिनीका अन्य रिपोर्टहरु :

सन्धिखर्क - नेकपा एमाले सन्धिखर्क ८ को छैठौं वार्ड कमिटी बिस्तारित बैठक हिजो पकले मा सम्पन्न भएको छ ।

वार्ड कमिटी अध्यक्ष तुल्सी भुसाल को अध्यक्षता मा  बसेको बैठक को  प्रमुख अथिती सन्धिखर्क नगरकमिटी अध्यक्ष श्रीकृष्ण भुसाल रहनुभएको थियो । उक्त बैठकको अतिथिहरुमा नेकपा एमाले बाट निर्वाचित जनप्रतिनिधि हरु क्रमशः वार्ड का कार्यबाहक अध्यक्ष देवि थापा भुसाल, सदस्य कमल पराजुली र कमला सुनार रहनुभएको थियो ।

बैठकमा आगामी असोज २३ गते वार्डमा नेकपा एमालेको  बृहत् कार्यकर्ता भेला को आयोजना गर्ने निर्णय समेत गरिएको जानकारी प्राप्त भएको छ । 
उक्त बैठक को संचालन वार्ड कमिटी सचिव गोकर्ण बन्जाडेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्