नेपाल कम्युनिष्ट पार्टी (एस) जिल्ला कमिटि अर्घाखाँचीको बृहत कार्यकर्ता भेलामा पार्टीले सोंचेभन्दा धेरै कार्यकर्ताको उपस्थिति

| २०७८ मंसिर १८ गते १७: ३० मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) जिल्ला कमिटि अर्घाखाँची द्वारा आयोजित बृहत कार्यकर्ता भेलामा पार्टीले सोचे भन्दा धेरै जिल्लाका कार्यकर्ता हरुको उपस्थिति रहेको जनाएको छ। 

सन्धिखर्कको टूडी खेल नजिकै रहेको सभा हलमा भएको भेलामा झन्डै  २ हजार भन्दा धेरै कार्यकर्ताको उपस्थिति रहेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) जिल्ला कमिटि अर्घाखाँचीले बताएको छ। 

भेलाका प्रमुख वक्ता तथा प्रमुख अतिथि पार्टिका अध्यक्ष माधब कुमार नेपाल रहेका थिए भने विशिष्ट अथिति लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी,जिल्लाका पार्टी संयोजक राम बहादुर चौहान लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्