अर्घाखाँचीमा वातावरण संरक्षण गर्छु भनेर चुनावी नारा बोकेका मेयर कमल भुसालले नरपानि डाँडोलाई मरुभूमि बनाउँदै

| २०७८ पौष १५ गते २०: ३७ मा प्रकाशित

गुरुदेव खनाल। सन्धिखर्क। तस्बिरमा दिइएको स्थानीय चुनावको समयमा सन्धिखर्क नगरपालिका का मेयर कमल प्रसाद भुसालले वातावरण संरक्षणलाई  प्राथमिकताका साथ प्रमुख एजेन्डा बनाउनु भएको थियो । उक्त एजेन्डा बोकेर जनताको घरदैलोमा पनि पुग्नु भयो । र उहाँको एजेन्डालाई साथ र समर्थन पनि गरे र नगरपालिकाको प्रथम मेयर पनि बनाए । तर सत्तामा पुगी सकेपछि जनता सङ्ग गरेका बाचा र प्रतिबद्धताहरु डसविनका........... मा सिमित रहे । 

सन्धिखर्क न.पा. वडा न. ७ अहिले यसरी कृत्रिम मरुभूमिमा  परिणत हुँदा मेयर जस्तो जिम्मेवार व्यक्तिबाट यस विषयमा मौन रहनु आफ्नो बाचा र अभिव्यक्ति प्रति नै अन्याय गर्नु हो । मेयर कमल भुसालको कार्यकालमा जिल्लाकै प्रतिष्ठीत पर्यटकीय र धार्मिक क्षेत्रमा यसरी प्राकृतिक र पर्यावरणको दोहन गराइ यस क्षेत्रको हरियाली र सिमसार क्षेत्रलाई  मरुभूमिमा परिणत गराउन प्रत्यक्ष -अप्रत्यक्ष रुपमा सहभागी हुनुभयो । यसरी अव्यवस्थित रुपमा चुनढुङ्गा उत्खनन हुँदा स्थानीयस्तर र समग्र जिल्लामा नै तत्कालीन र दीर्घकालीन असरहरु देखिदै गएका छन ।
 
नगरपालिकाले आफ्नो पहिलो चुनावी कार्यकाल पूरा हुँदा सम्म पनि यस चुनढुङ्गा विषयमा मुख खोलेको छैन । जब जनप्रतिनिधि जनताका सेवक भन्दा दलाल र माफियाका चाकडी बन्दछ्न  तब वास्तविक लोकतन्त्र प्रति दया लाग्दछ । यतिबेला मेयर कमल भुसाल काङ्ग्रेसको कोटाबाट चुनाब लडनु भएको थियो । अहिले केन्द्रमा सरकार समेत काङ्ग्रेसको छ । यो सरकारले समेत वातावरण सम्बन्धमा निति, नियम घोषण गरेको पनि छ ।
 
मेयर ज्यु तपाईले आफ्नो चुनावी बाचा र घोषणा पत्र हेरेर तपाईंलाई कतै हीनताबोध हुँदैन । तपाईले जनतालाई  यस विषयमा उत्तर दिनै पर्छ । चुनाव नजिकैदै छ । जनता मुर्ख छैनन् । तपाईले समयमा कदम चाल्नु भएन भने  जनता तपाईबाट हिसाब खोज्ने छ्न। पर्यावरण जस्तो संवेदनशील विषयमा केही सिमित स्वार्थले गर्दा यस क्षेत्रका अमुल्य ऐतिहासिक तथा अमुल्य पुरातात्त्विक वस्तुहरु ओझेल पर्ने सम्भावना छ । यो समस्या प्रत्यक्ष नागरिक सङ्गै यस क्षेत्रको वनजङ्गल , पशुपंछीको पनि हो । 
   
हरियाली डाडालाई कौडीको भाउमा फ्रुसो र मरुभूमि बनाएर भविष्यमा यस क्षेत्रमा पर्ने समस्यालाई कसरी नियन्त्रण गर्न सकिन्छ? कुनै पनि संरचनाको अस्तित्व नै समाप्त हुने गरी कसरी बिकास गर्न सकिन्छ र ? आज विश्व जगत नै पर्यावरणीय संकटबाट ग्रुजिरहेको अवस्थामा हामी समयमै सचेत बन्न जरुरी छ ।यस क्षेत्र धरातलीय हिसाबले पानीको उच्च जोखिमको क्षेत्र हो । यसरी पानीको संचय र भण्डार गर्न सक्ने क्षेत्रलाई   नाम, निसाना मेटाउने गरि उत्खनन हुँदा सम्पुर्ण क्षेत्रले यस विषयप्रति आवाज उठाउन जरुरी छ ।

 जिल्लाको एकमात्र प्रमुख गोरुसिङ्गे - सन्धिखर्क सडकको क्षमता भन्दा अधिक मालबाहक गर्दा सडकको दुराचार अवस्था छ । समग्रमा समाज र राष्ट्र उक्त उत्खननबाट दोहोरो मार र घाटामा छ ।
  
देश संघियतामा गएपछि स्थानीय सरकारलाई पुर्ण अधिकार दिएको छ । तर सन्धिखर्क नगरपालिकाले आफ्नो अधिकार जनतालाई त्रास र सास्ती दिने भन्दा अन्य कार्यमा उपयोग गरेको देखिदैन  । यहि छिमेकी जिल्ला दाङ्गमा स्थानीय बंगलाचुली गाउपालिकाले त्यस क्षेत्रमा रहेको चुनढुङ्गा उत्खनन कार्य रोकेको छ । तर हाम्रो सन्धिखर्क नगरपालिकालाई कसले रोकेको छ? जनता ठुलो कि उद्योग ? अब न जाग्नुहोस मेयर ज्यु अबेर भइ सक्यो । घाम झुल्कीसक्यो सिरक ओडेर अध्यारो छ , नभन्नुहोस ।

प्रतिक्रिया दिनुहोस्