अर्घाखाँचीमा विप्लव पार्टी (नेकपा) ले चन्दा नदिनेलाई कारबाही गरेको भनी व्यापारीहरुले लगाएको आरोपको गर्‍यो खण्डन

| २०७८ माघ ९ गते २१: ०० मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अर्घाखाँची जिल्लामा नेत्रविक्रम विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चन्दा नदिनेलाई कारबाही गरेको भनी व्यापारीहरुले लगाएको आरोप खण्डन गरेको छ । 

जिल्लामा नेकपा अर्घाखाँचीले चन्दा नदिनेलाई कारबाही गरेको भनी व्यापारीहरुले लगाएको आरोप खण्डन गरेको हो । नेकपा अर्घाखाँचीले व्यापारीले लगाएको आरोपमा सत्यता नभएको बताएको हो ।  अर्घाखाँची बुलेटिन सँग नेकपाका जिल्ला सेक्रेटरि खेम घर्तिले व्यबसायीले व्यबसाय गरे बापत जनताको सरकारलाई कर तिर्नु पर्ने बताए । सन्धिखर्कका कतिपय  व्यापारीहरुले आफुहरुलाई नेकपाका कार्यकर्ताहरुले मागेको चन्दा नदिएको भन्दै भौतिक आक्रमणको धम्की दिएको र  कारबाही गरेको आरोप लगाएकाे बेलामा नेता घर्तिले आफुहरूले जनताको एजेन्डा बाेकेर राष्ट्र निर्माणमा हिडेकाेले यसमा साथ दिन सबैलाई आग्रह गरे । नियमविपरीत चलेका उधाेग व्यबसायिकाे  हामी निगरानी गर्छौ नेता घर्तिले भने । 

निर्माण व्यवसायी तथा व्यापारीहरुले विप्लव कार्यकर्ताहरुले चन्दा आतंक मच्चाएको तथा प्रहरी प्रशासन मौन बसेको भन्दै गुनासो कहि कतैबाट आएमा र आफ्ना कार्यकर्ता संग्लन भएको भए यसमा आफ्नो पार्टी पूर्ण रूपमा जिम्मेवारी रहेको बताए । आफनाे  कसैलाई चेपुवामा पार्न नभई चेपुवामा परेका ओझेलमा परेका एजेन्डाहरुलाई संस्थागत गर्न उदाएको बताए ।

उता साथै गत पौष २९ गते विहीवार विप्लव नेकपाका कार्यकर्ताहरुले सन्धिखर्क नगरपालिका ११ डिभर्नामा अवैध रुपमा सञ्चालन गरेको क्रसर उद्योग बन्द गराएका थिए । भने शनिवार सन्धिखर्कको रूप्दीमा  ढुङ्गा गिटी बालुवा ओसार्ने ३ वटा ट्याक्टर नियन्त्रणमा लिएका थिए ।  यस्तै विप्लव नेकपाले पछिल्लो समय दैनिक जसो  सन्धिखर्क लगायत जिल्लाभर अनेकौ कार्यक्रम आयोजना गर्दै आएका देखिन्छन् । यस्तै विपन्न वर्ग, गरिवहरुलाई सहयोग राहत वितरण, जनश्रमदान गरेका पनि देखिन्छन् । भने विधालयहरुमा विधार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्