नरपानीको चुनढुङ्गा उत्खननमा रोक लगाउन पटक- पटक आवाज उठाउन किन आवश्यक?(पढ्नुहोस पुरा समाचार)

| २०७८ माघ १३ गते ००: ०१ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। चुनढुङ्गा उत्खननमा रोक लगाउन पटक- पटक आवाज उठाउन किन आवश्यक ?अर्घाखाँची बुलेटिन ले किन बारम्बार चुरोदोहन रोकथामका लागि चर्को आवाज उठाईरहेको छ ? 

ईलाका प्रहरी कार्यालय,ठाडाको अगाडि बाटोबाट क्षमता भन्दा पनि १०-१५ टन बढी भारको सवारी आवतजावत गर्दा पनि किन प्रहरी प्रशासन मौन छ ? कहाँ छ  प्रहरी प्रशासनको ध्यान ?

अर्घाखाँची को बिबादित र सामाजिक आर्थिक धार्मिक पर्यावरण  र पर्यटनमा प्रत्यक्ष प्रभाव पारेको अनि अर्घाखाँचीमा कुनै पनि सिमित स्वार्थ बाहेक केहि ठोस उपलब्धि प्राप्त हुन नसकेको मात्र प्रकृतिको चरम दोहन गर्ने चुनढुङ्गा उत्खनन बन्द गर्नु पर्ने आबस्यक्ताको सम्बन्धमा तत्कालीन स्थानीय र EIA मा समेत उल्लेखित निम्न समस्या का समाधानका लागि उचित पहल नभएको हुदा निम्न शर्त हरु यथासिघ्र समाधान हुन नसक्दा।

देहायबमोजिमजका समस्याहरू

- खानेपानीको मूल सुक्न सक्ने, 

-प्रदुषण न्यूनीकरण गर्न EIA को मापदण्ड कडा बनाउनु पर्ने र पालन गर्नुपर्ने, 

-कृषिलाइ असर पर्न सक्ने, 

-उत्खननबाट उत्पन्न भएको विकारक धुलो/माटोको उचित ब्यबस्थापन हुन पर्ने, 

-जैविक विविधताको उचित संरक्षण हुनपर्ने, 

-बसोबास क्षेत्रलाइ प्रभाव पर्न सक्ने, 

-स्थानिय चरण क्षेत्र तथा बन पैदावारको आपूर्तिमा नकारात्मक असर पर्ने, 

-साविकको अड्गुरी गा वि स र शितगङ्गा को भू-बनोटको कारण उत्खनन बाट over-burden बहने दिशामा पर्ने हुँदा आवादी तथा खेति योग्य जमिनमा समेत नकारात्मक असर पर्ने, 

-श्री भृकुटी नि. मा. वि.  आदर्श मा बी र शिव मदन उच्च मा बि . उत्खनन कार्यले गर्दा उत्पन्न भएको ध्वनिले पठन-    पाठनमा असर गरेको, उत्खनन भई रहेको क्षेत्रको ठिक तल बिद्यालय रहेकोमा ढुंगा     खसी बिद्यार्थीहरुलाइ लाग्न सक्ने सम्भावना रहेको, धुलोधुवाले गर्दा बिद्यार्थीहरु     बिरामी हुने गरेको भनि समस्याहरु पहिचान भएका छन

-"चुनढुंगा उत्खनन कार्यले यस क्षेत्रको जैविक विविधता, चरण क्षेत्र तथा बन पैदावार, कृषि, बसोबास, जडिबुटी लगायत सम्पूर्ण वातावरण र     पारिस्थितिक प्राणालीलाइ असर पार्ने हुनाले यसको संरक्षण वा पुन: स्थापना अथवा     बसोबास क्षेत्रको स्थानान्तरण लगायतका पक्षहरुमा मुद्दा भय पनि सम्झौता र कागजमा मात्र सिमित गरि यसरि अप्राकृतिक रूपमा चरम प्रकृतिको दोहन हुनु ब्यबस्था र नीति प्रतिको चरम लापरबाही हो। पर्यटकीय र सास्कृतिक हिसाबले पनि यो क्षेत्र नेपालकै अती महत्वपूर्ण स्थान हो। 

तत्काल पूरा गर्नुपर्ने मागहरू निम्न प्रकारका छन ।

१) यस क्षेत्रको पर्यावरण बिनास र मरुभूमि मा परिणत भयकोले शर्त बमोजिम हरियाली र बनको उचित संरक्षण नहुदा सम्म उत्खनन कार्य तत्काल रोक्ने ।

२) स्थानीय स्तरमा कतै पनि सम्झौता नभएको हुदा देश संघीय गणतन्त्र मा गयको हुदा, स्थानीय स्तरको हक अधिकार बमोजिम तत्काल स्थानीय स्तरमा सम्झौता गर्ने, र उत्खनन बाबत अर्घाखाँचीका सम्पुर्ण पालिकाहरुलाई बार्षिक 1 करोड का दरले सुरु भएको पुर्ब आर्थिक बर्षदेखी आर्थिक सहयोग गर्ने।

३) सन्धिखर्क गोरिसिङ्गे सडक उत्खनन टिप्परको कारणले आमनागरिक ले शास्ती खेप्नुपरेको हुँदा यस सन्दर्भमा तत्काल बैकल्पिक सडको प्रयोग गर्ने, र गोरिसिङ्गे सन्धिखर्क सडक खाल्टा र बिग्रेको स्थानमा तत्काल मर्मत गर्ने।

४) उत्खनन देखि छोटो दुरिमा रहेका घरपरिवार लाई तत्काल उचित राहत सहित स्थान्तरण गर्ने।

५) यो क्षेत्र पर्यटकीय आकर्षकको केन्द्र भएको हुदा उत्खननले कुरुप बनायको क्षेत्रमा तत्काल संरक्षण गर्ने

६) स्थानीय स्तरका गुनासो लाई तत्काल यथोचित तबरले सम्बोधन गर्ने।

७) उत्खनन् नजिकै रहेका बिधालयमा हुने ध्वानी प्रदुषण र स्थानीय समुदाय पर्ने ध्वानी प्रदुषण निराकरण हुने उपाय तत्काल अबलम्बन गर्ने।

८) खानिपानी समस्या समाधान को लागि बैकल्पिक ब्यबस्था र उपाय कम्पनिको लगानिमा तर्जुमा गर्ने।

९) तत्काल बाताबरण बिज्ञको अनुगमन र निगरानिमा स्थानीय को सहभागीता सहित बाताबरण अडिट गराउने ।

१०) उत्खनन गरि लगेको चुनढुङ्गाको विवरण सार्बजनिक गरि कति राजस्व देश र समाजलाई बुजायको छ यसबारे तत्काल छानबिन समिति गठन गर्ने

१२) स्थानीय बिकास लाई प्राथमिकता राखी यस क्षेत्रमा गार्डन खेल मैदान र अन्य अधाराभुत बिकास सुनिश्चित गर्ने।

प्रतिक्रिया दिनुहोस्