स्थानिय निर्वाचनमा कांग्रेसको झण्डा फरफराउन कसैले रोक्न सक्दैनः कांग्रेस नेता पौडेल

| २०७८ फागुन १९ गते १९: ५२ मा प्रकाशित

कमला घिमिरे। नेपाली काँग्रेस अर्घाखाँचीका नेता डा. इन्द्रमणि पौडेलले बैशाख ३० गते हुने स्थानिय निर्वाचनमा नेपाली कांग्रेसको विजयीका लागि टोलटोलबाट सबै लाग्नुपर्ने बताउँनुभएको छ । निर्वाचनमा विजयी भएमात्रै कांग्रेसले गोल हान्ने लक्ष्य पुरा हुने भएकाले बैशाख ३० गतेको निर्वाचनका लागी आजैबाट सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस पाणिनि-६ धातिवाङ्गको टोल समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले कांग्रेसको संगठनलाई बलियो बनाउन टोलटोलबाटै लाग्न आग्रह गर्नुभयो । स्थानिय निर्वाचनमा कांग्रेसको झण्डा फरफराउन कसैले रोक्न नसक्ने नेता पौडेलले बताउँनुभएको छ ।

उहाँले कांग्रेसको विजयीको झण्डा फरफराउँनका लागि बैशाख ३० को निर्वाचनको तयारी गर्नुपर्ने बताउनुभयो । स्थानिय तहको निर्वाचनमा कांग्रेसले कुनै कसुर बाँकी नराखी वडा तथा पालिकामा विजयी हासिल गर्नुपर्ने बताउनुभएको हो ।

साविक धातिवाङ्ग ५ र ६ को भेलाले सकुन्तला पौडेलको सभापतित्वमा १५ सदस्यीय टोल समिति गठन गरिएको छ । कार्यक्रम कार्यवाहक वडा सभापति तारमपति पौडेलको सभापतित्व, क्षेत्रिय प्रतिनिधि कृष्ण पौडेलको स्वागत मन्तव्य र सचिव हुमनाथ पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्