अर्घाखाँचीका राजनितीक दलहरु चुनाबी मुद्दामा चुनढुङ्गा उत्खननलाई ओझेलमा पार्दै

| २०७८ चैत १६ गते १४: ५१ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। अघिल्लो पटक जसरी फेरि पनि यसपालि स्थानीय चुनाव नजिकै संघारमा आयर उभिएको छ। आश्वासन र लालचका कोसेली बोकेर नेता जनप्रतिनिधि जनता घरमा दौडधुपको चटारो निकै परेको छ। जनता का मुलभुत मुद्दा उठाउन तछाड र मछाड चले पनि र कपोकल्पित रुपमा सुशासन बिकास समृद्धि  पार्दशिता र सामाजिक न्याय का सन्दर्भमा खोक्रा भाषणहरु चिच्चाई घाँटी सुकाय पनि यथार्थ भने नेताको बोली र बालुवा पानी खनाउनु  लगभग एउटै जस्तै भयको छ।

त्यस्तै यहि चुनाव को बेलामा अर्घाखाँचीको शानदार सान सुपादेउराली नजिकै  पर्यावरण, पर्यटक, धार्मिक सामाजिक र सम्पूर्ण अर्घाखाँचीलाई नै दुख दिने गरि भइरहेको चुनढुङ्गा उत्खनन र उक्त कार्य ले जनता हरु आजित भै  चीत्कार गर्दा पनि, जनता का सेबक भन्ने जनप्रतिनिधि राजनीतिक दलहरू का कान बहिरा भयका छन। यसको ठिक बिपरित दलाल माफिया हरु बाट घुस कमिसन लिई बरु उनिहरुलाई राजनीतिक संरक्षण दिएर, अर्घाखाँचीको सुन्दर प्राकृतिक मनमोहक पहाडलाई कुरुप र मरुभूमि बनाउन  पुजीवादी हरुका मतियार बनेका छन। त्यसैको फलस्वरूप समाजमा यसका सकारात्मक परिणाम भन्दा नकारात्मक परिणाम चरम हाबी भयका छन।

यसपालि पनि चुनाव मा यो बिषयमा राजनितिक दलहरुको ध्यान केन्द्रित हुन सकेको छैन । जुन जनता हरु यो उत्खनन बाट असन्तुष्टि छन भन्ने जानकारी हुदा हुँदै पनि यो चुन ढुङ्गा उत्खनन को बिषयलाई तोडमोड गरेर मुल बिषयलाई नै बदलियर यो मुदालाई राजनीतिदलहरू मिलिभगतमा यो मुद्दा लाई ओझेल पार्न चलखेल गर्न खोजिदै त छैन। किन कि यो बिषयमा सबै राजनीतिक दलका कुनै न कुनै रुपमा कालो मुख रहेको छ।यसरी खुल्लेआम रुपमा यसरी नियोजित र स्वार्थमा यसरि अर्घाखाँची लुटिदा बोल्न नसक्ने राजनीतिक दलबाट अर्घाखाँचीको मुलभुत समस्या समाधान हुन्छ भन्नू गाईजात्रामा ठ्ट्टा गर्नु जस्तै लाग्छ। यति ठुलो अर्घाखाँचीको सामाजिक परिवर्तनको जिम्मेवारीको भारी बोकेका राजनीति दलहरु दलाल को एक त्यान्द्रो थुकमा चिप्लियको देख्दा उदेक र कहाली लागेर आउँछ।

केही दिन अघि ने क पा एमाले का सज्जन इमानदार र निष्ठाबान केन्द्रिय नेता चेतनारायण आचर्यले चर्को आलोचना घोर आपत्ति व्यक्त गरे पनि एमाले यसलाई चुनावी मुद्दा बनाउन भने चुकेको छ, एमाले जनताको पार्टी भनेर धेरै दाबी गरे पनि यो मुद्दा बाट भने भाग्न र टाढा रहन खोजेको छ। यस्तै नेपाली काङ्ग्रेस ले पनि चेतनारायण लाई काउण्टर जवाफ दिने र जिल्ला काङ्ग्रेस  शभापती केशव श्रेष्ठले ले एतिहासिक क्षेत्र पर्यटकीय भौतिक संरचना र जनाताहरु को माग बमोजिम र आफ्नो ब्यक्तिगत धारणा पनि यसलाई हरहालत मा बन्द गरि छाडने भने पनि चुनाबी मुद्दा मा भने काङ्ग्रेसले यस विध्वंसक उत्खनन मुद्दालाई ओझेल पार्न खोजे जस्तो देखिन्छ। जनमोर्चा, समाजबादी, माओवादी, रा.प्र.पा पनि यो उत्खनन को बिपक्षी मा भएको बताए पनि चुनावी मुद्दा र  कुनै ठोस कदम न चालेको ले यस बिषयमा ढुलमुले नीति होकि जस्तो देखिन्छ। ठोस निर्णय नहुदा सम्म  सस्पेन्स र शंका भने कायम छ।

जनसेवा लाई राजनिको धर्म र समाज सेवालाई कर्म ठान्ने राजनीति सिद्धान्त बादिहरु हरु यति ठूलो विघ्न  जनताको मुद्दामा  देखेको नदेखे झै अनदेखी गर्दा कतै भनिन्छ नक्कली साधु धेरै खरानी घसेको त्यस्तै त गरेका छैनन। सबै राजनीतिक दल यदि असन्तुष्ट हो भने कसलाई खुसी पार्न यो उत्खनन गरियको छ। यो कुन तानाशाह प्रवृत्ति हो?

हामी यस बिषयमा अभियान स्वरुप लागेका छौ, यदि स्थानीय चुनाव मा तपाईं हरु यो मुद्दा  बाट जति भाग्न खोजे पनि हामी निरन्तर पछाइ रहने छौ र निरन्तर रूपमा झकझकाई समझाई रहने छौ, हामी सोधी रहने छौ, तपाईं जबाफ नदिनुहोस फोन हरु काटी दिनुहोस् अपमान नै गर्नुहोस् तर हामी बिचलित हुने छैनौ, तपाईहरु जति भाग्न खोजे पनि भाग्न दिने छैनौ।  हामी अनबरत रूपमा लागि रहने छौ जब सम्म अर्घाखाँची जनताहरुले पुर्ण न्याय पाउदैनन।

प्रतिक्रिया दिनुहोस्