दिल्ली बाट नेपाल आउँदै गरेको टाटा विंगर दुर्घटना हुँदा अर्घाखाँचीका २ जनाको मृ'त्यु :१३ घाइते

| २०७९ जेठ १० गते १६: १७ मा प्रकाशित

दिल्ली। भारतको बहराइचमा भएको सडक दुर्घटनामा २ नेपालीसहित ३ जनाकाे मृ,त्यु भएको छ भने १० जना सामान्य घाइते  र ३ जना गम्भिर घाईते भएका छन्।

भारतको बहराइच गोलवा घाट मरी माता मन्दिर नजिकैआइतबार  बिहान दिल्लीबाट रुपैडिहा आउन लागेको ८७८५ नम्बरको टाटा विंगर र up ४० T ०८२४  नम्बरको पेट्रोल ट्यांकर गाड़ी एकआपसमा ठोक्किंदा दुर्घटना भएको हो ।  टाटा विंगरमा १६ जना यात्रु थिए जसमध्ये नेपालीहरु धेरै रहेको बताईएको छ ।

घाईतेहरुको बहराइच मेडिकल कलेजमा उपचार भइरहेको छ र उनीहरू धेरै जस्तो आफ्नो ठेगाना अर्घाखाँची बताएका छन् ।मृत्यु हुनेमा अर्घाखाँची को सितगङ्गा नगरपालिका सिमलपानि घर हुने ४० बर्षिय चालक अजय,सन्धिखर्क नगरपालिका वडा नम्बर ११ डिभर्ना झेड़ी निवासी ४८ बर्षिया राधा र भारत थापा रहेका छन्। 

 जानकारी - सन्तोष शुक्ल ( रूपईडिहा बहराइच )

प्रतिक्रिया दिनुहोस्