इन्धनको भाउ बढाएको भन्दै दाङमा अर्घाखाँची बासी दुई युवा अनशनमा

| २०७९ जेठ १५ गते १३: ४५ मा प्रकाशित

अर्जुन थापा। चुनाव पछि लगत्तै बढाईएको इन्धन विरुद्ध अर्घाखाँची बासी दुई युवा दाङ्ग को लमही नगरपालिका स्थित लमही बजारको चोकमा ३  दिन अघि देखि अनिश्चितकालिन अनशन बसेका छन ।

अनशन बस्नेहरु मा भु.न.पा. ढाकाबाङ निवासी सामाजिक अभियन्ता डिल्ली राज खनाल र असुरकोट निवासी पत्रकार तथा सामाजिक अभियन्ता बाबु रोका मगर दाङ्ग स्थित लमही मा बसोबास गर्दै आइरहेका छन  ।
उनिहरु देशमा बढ्दो मूल्य वृद्धि को विरुद्ध 
केहिदिन अघि हातमा राष्ट्रिय झण्डा र स्पिकर बोकेर लमही बजारभरी विरोध जनाउदै बजार परिक्रमा गरेका थिए  र हिजोदेखी अनिश्चितकालीन अनशन बसेका हुन । 

यतिका मुल्य वृद्धि हुँदासम्म पनि सबै राजनीतिकदल मौन छन तर यी युवाहरु निरन्तर लागीरहेका छन जबसम्म यसैगरी सबै जना नेपाली आ आफ्नो जिल्ला गाउँ शहरबाट आवाज उठाइदैन तबसम्म यो सास्ती झेल्नुपर्ने दुई युवा को भनाइ छ | 

चुनाब को बेला आम युवा युवती हरु आ-आफ्नो पार्टी को झन्डा हात मा लिएर भोट मागन नारा जुलुस गरेता पनि यस्तो बडदो मुल्य वृद्धि विरुद्ध  भने कोहि अगि नआउँदा  र नेपाली जन्ता राजनीति पार्टी को गुलाम बनु र यथार्थ बोलन नसक्दा  आफ्नो नेता हरु लाई खबरदारी नगर्दा साचिकै सबै हामी नेपाली र नेपालि जन्ता को हक हित को लागि कस्ले आवाज उठाउने भने बिषय बनेको छ |

प्रतिक्रिया दिनुहोस्