नेता रायमाझी एमालेमा प्रवेश गरेपछि अर्घाखाँचीमा बजेट भित्र्याउँन असफल : ६ अर्व बजेटको श्रेय मावोबादीलाई

| २०७९ सावन ६ गते १५: ५२ मा प्रकाशित

कमला घिमिरे,अर्घाखाँची। पुर्व उपप्रधानमंत्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले माओबादी केन्द्र छाडेर एमालेमा प्रवेश गरे पछि अर्घाखाँची जिल्लामा कुनै पनि बिकास निर्माणका कार्यमा सु,को पैसा बजेट पार्न सकिरहेका छैनन्। 

एमाले नेता टोपबहादुर रायमाझी माओबादी केन्द्रमा रहँदा अर्घाखाँची जिल्लामा बिकास निर्माणको कार्यमा इतिहाँस रचेका थिए। २०६३ /०६४ पछि रायमाझीले अर्घाखाँची जिल्लालाई नेपालमा सबै भन्दा सडक बिस्तार हुने जिल्ला बनाएका थिए ,त्यस संगै रायमाझीको नाम जिल्ला देखि बाहिरि जिल्ला सम्म चर्चा रहेको थियो। 

रायमाझी लाई अर्घाखाँची जिल्लामा बिकास प्रेमी नेता भनेर पनि चिन्ने गर्दछन तर त्यो नाम जब थियो उनि माओबादी केन्द्रमा छँदा बाबुराम भट्टराई र पुष्पकमल दाहाल "प्रचण्ड" को पौंचमा अर्घाखाँची जिल्लामा बजेट भित्र्याउँन रातो फाइलमा नाम लेखाउँन सफल भएका थिए। 

माओबादी केन्द्रमा छँदा बिकास प्रेमी नेता को नाममा चर्चित रहेका रायमाझी एमालेमा प्रवेश गरे संगै अझोलमा पर्न लागेका छन्। अहिले को समयमा रायमाझी जुन कार्यक्रम मा पुगे पनि केपी ओलिको गुणगान गाउँन छाडदैनन् तर केपी ओलीको साथ् लिए पछि हाल सम्म अर्घाखाँची जिल्लामा कुनै पनि बिकास निर्माणको कार्यमा बजेट पार्नमा असफल भएका छन्। तर रायमाझी र अर्घाखाँची का एमालेका कार्यकर्ताहरु अर्घाखाँची मा एमालेले बिकास गरेको हो भन्दै सामाजिक संजाल रंग्याउने गरेको पाईएको छ।हो रायमाझीले अर्घाखाँची जिल्लामा गरेको बिकास निर्माणको कार्य अतुलनिय छ तर उनि संग त्यो बेला जिल्लामा बजेट पार्ने पावर थियो जब उनि माओबादि केन्द्रमा थिए र उनि संग बाबुराम भट्टराई र प्रचण्ड को साथ् थियो। 

रायमाझी एमालेमा प्रवेश गरे पछि अहिले माओबादी केन्द्रमा रहँदा जिल्लामा भित्र्याएको बजेटलाई लिएर एमाले ले गरेको बिकास हो भनेर भाषण गर्ने गर्दछन।

प्रतिक्रिया दिनुहोस्