नेकपाद्वारा पालिका स्तरीय सम्मेलन सम्पन्न

| २०७९ भदौ ४ गते २२: ०३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी विप्लव अर्घाखाँचीले पालिका स्तरीय प्रथम सम्मेलन सम्पन्न गरेको छ । सम्मेलन मार्फत अर्घाखाँचीका ६ वटा पालिकामा नेतृत्व चयन गरिएको हो । 

जसअन्तर्गत सन्धिखर्कमा गणेश पौडेलको नेतृत्वमा १५ सदस्य , शितगङ्गामा खेमराज पुनको नेतृत्वमा १३ सदस्य , भुमिकास्थानमा सुरज घर्ती मगरको नेतृत्वमा ९ सदस्य नगर कमिटी , मालारानीमा जिवलाल भुसालको नेतृत्वमा १३ सदस्यीय , छत्रदेवमा हरि प्रसाद पराजुलीको नेतृत्वमा ७ सदस्यीय र पाणिनीमा हरिलाल पोख्रेलको नेतृत्वमा ७ सदस्यीय गाउँपालिका कमिटीहरु गठन भएका छन् । 

 

सम्मेलनलाई प्रमुख अतिथिको रुपमा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य संगमले एकीकृत जनक्रान्ति छिट्टै सफल हुने र त्यसको लागि निर्धक्क साथ लाग्नुपर्ने कुरामा जोड दिदै आफ्नो बधाई तथा शुभकामना मन्तव्य राख्नु  भएको थियो। त्यसैगरी विशिष्ट अतिथिको रुपमा जिल्ला सचिव माहुरी , विद्यार्थी नेता विज्ञान लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सम्मेलन भुमिकास्थान इन्चार्ज चिन्तनको अध्यक्षता, मालारानी इन्चार्ज गर्जनको सञ्चालन र शन्धिखर्क इन्चार्ज ताराको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो। 

प्रतिक्रिया दिनुहोस्