अर्घाखाँचीको पोखेडाँडाले तीजको रितिरिवाज र मौलिकता बिर्सियो: जिल्लाका केहि क्षेत्रमा तीजको नाममा बिकृती फैलिँदै

| २०७९ भदौ १५ गते १८: ३१ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। हिंजो आज हामिहरुले मनाउने तीजपर्बमा निकै बिकृती भित्रीएको पाईएको छ। अर्घाखाँची मा तीज मनाउने क्रममा केही क्षेत्र बाहेक अधिकांश ठाउँमा अश्लील छाडा शब्द र युबा युवती हरु मादक पदार्थ सेबन गरि मौलिक धार्मिक पर्बलाई दुषित बनाएका छन।

 हिन्दु महिलाहरू को महान चाड तीज पर्व परम्परा आदिकाल देखि चल्दै आएको रितिरिवाज हो,जसको जगेर्ना गर्नु हामी सबैको दायित्व हो। यस संस्कृतिको मौलिकता अस्तित्व बचाउदै पिडि हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो तर अहिले हामी विभिन्न सोसियल मिडिया टिभी प्रोग्राम र युट्युब बाट प्रभावित भैइ संस्कृतिको नाममा हामीले अरुको परम्पराको अनुसरण गरेका छौं।

तीज आफैमा हाम्रै संस्कृति र मौलिकता झल्किने पर्बको रुपमा चिनिदै आएको छ। तर केही समय देखि यस पर्बमा अनेक अमर्यादित र बान्छनिय क्रियाकलाप पनि हुदै आएका छन यो समाजका लागि चिन्ताको बिषय हो। आजकाल का युवा युवती संस्कृतिको नाममा चरम बिकृती र बिसङती भित्र्याएका छन। दुर्ब्यसन सेबन गरि मनाईने पर्व ले आउने भाबी पिडिमा नकारात्मक सन्देश जाने स्पष्ट छ। यसले हाम्रो समाजलाई कता तिर लागि रहेका छौं। हाम्रा अमुल्य सांस्कृतिक सम्पदाको हामिले कसरि संरक्षण गर्न सक्छौं।

यस सन्दर्भमा संबंधित निकाय लगायत हामी सबैले समयमा ध्यान पुर्याउनु अत्यन्त आबश्यक छ। हाम्रो संस्कृतिको संरक्षण र यसलाई प्रबर्द्धन गर्न यस्ता बिकृतिको बहिस्कार गर्नु अत्यन्त आबश्यक छ।

प्रतिक्रिया दिनुहोस्