अर्घाखाँचीको सुपादेउराली मा अख्तियार बाट छानबिन र अनुसन्धान

| २०७९ भदौ २९ गते २२: ०० मा प्रकाशित

गुरुदेव खनाल सन्धिखर्क। नेपालकै विश्व प्रसिद्ध करौडौ हिन्दुहरुको धार्मिक आस्था भएको अर्घाखाँचीको सान सुपादेउराली मन्दिरमा व्यापक मनोमानी र चरम अनिमियता भएको बिषयमा सम्मानित अख्तियार कार्यलयमा मुद्दा परेको खबर आज बाहिर आयको थियो, यसै खबरले जिल्लाको माहोल तातेको थियो यस सम्बन्धमा जनताका गुनासो र जिज्ञासा हामी सामु आयका थिए हामीले यसरि पबित्र आस्थाको रुपमा लिईयको धार्मिक स्थलमा यस्ता अराजक गतिविधि हुनु अति निन्दनीय भएको आम जनताको गुनासो रहेको थियो। 

यसै सन्दर्भमा थप जानकारी र विवरण को लागि जिल्ला प्रमुख लाई सम्पर्कमा लियका थियौ। उहाको भनाई अनुसार अख्तियार मा मुदा परेको र छानबिनको लागि साहयक सिडियो को नेतृत्वमा पाच सदस्यीय छानबिन समिति बनायको र अनुसन्धान जारी रहेको सम्पुर्ण कागजजात खोजतलास भइरहेको र अनुसन्धान प्रारम्भिक अबस्थामा रहेको र केही दिन अनुसन्धान चल्ने जानकारी गराउनु भयो।

प्रारम्भिक अनुसन्धान अनुसार व्यापक क्रुटी र कमजोरी रहेको धेरै सुधार गर्नुपर्ने अवस्था रहेको र त्यो सुधारको लागि आफ्नो क्षेत्र बाट पहल गर्ने र त्यस्ता केही बिगतमा भयका गल्ती कमजोरी र बदमासी भय कानुन बमोजिम कार्बाहिको लागी सिफारिस गर्ने अर्घाखाँची बुलेटिनलाई जानकारी गराउनु भयो। प्रराम्भिक अनुसन्धान भएको ले अहिले नै निष्कर्षमा पुग्न नसके पनि यति पबित्र धार्मिक स्थल को यति कमजोर  ब्यबस्थापन देखी आश्चर्य भएको जनाउनु भयो।

आफू दोषीलाई कार्बाही गर्ने प्रत्यक्ष निकाय नभएको र यदि अनुसन्धान मा देखियका कमजोरी लाई कुनै हिच किचाट बिना अगाडि बढाउने यो करौडौ भक्तजनको धर्म र आस्थाको बिषय भयको हुदा यसको सुधार ब्यबस्थित र पार्दर्शी बनाउने दायित्व रहेको जिकिर गर्नु भयो। आफुले गरेको अनुसन्धान को विवरण पन्ध्र दिन भित्रमा सम्मानित अख्तियार मा बुझाउने उहाले जानकारी दिनु भयो। बाकी थप अनुसन्धान पछी थाहा हुने उहाले बताउनु भयो। अनुसन्धानको लागि कागजात आफुसग रहेको बताउनु भयो।

प्रतिक्रिया दिनुहोस्