ऋषि धमालाको महासंग्राम (बहस) कार्यक्रममा गुरु श्रि नर-नारायण बाबालाई नेता रायमाझीले फुच्चे केटो भनेपछि

डाँडाखर्क युवा क्लबले निकाल्यो घोर आपत्ति सहितको प्रेस बिज्ञप्ति

| २०७९ कार्तिक १८ गते २०: २५ मा प्रकाशित

रबि पोख्रेल ,मालारानी।  हिंजो अर्थात् मङ्सिर १७ गते अर्घाखाँची जिल्लाको सदरमुकाममा रहेको साथी होटेलमा भएको ऋषि धमालाको महासंग्राम (बहस) कार्यक्रममा एमाले नेता टोपबहादुर रायमाझीले गुरु श्रि नर-नारायण बाबालाई त्यो डाँडाखर्कमा जन्मेको सानो केटो भन्ने अभिव्यक्ति दिएपछि डाँडाखर्क जागरुक युवा क्लब मालारानि ५ ले घोर आपति जनाउँदै प्रेस बिज्ञप्ति निकाले छ।
 
यस्तो छ घोर आपत्ति सहितको प्रेस बिज्ञप्ति जस्ताको तस्तै - 

डाँडाखर्क जागरुक युवा क्लब मालारानि ५ डाँडाखर्क 
            
बिषय -घोर आपत्ति

उपरोक्त सम्बन्धमा मालारानि ५ डाँडाखर्कमा जन्म भई बिभिन्न धार्मिक स्थलहरु निर्माण तथा बिभिन्न सङ्घ सस्था साथै समाज सेवाको हरेक ठाउँमा योगदान गर्दै आउनु भएका गुरु श्रि नर-नारायण बाबा र उहाँको अतुलनिय योगदान रहि सम्पन्न जिल्लाकै एक तिर्थ स्थल सुपा देउरालि मन्दिर जहाँ हरेक पटक बुटवल काठमाडौ आवतजावत गर्दा आफैले सिर निहुराएर हिड्नुपर्ने ठाउँलाई अपमान गरि उहाँको मृत आत्माको चरित्र हत्यागर्दै हिजो जिल्लामा भएको रिसि धमालाको कार्यक्रममा जिल्लाको एक जन प्रतिनिधि भनेर चिनिने ब्याक्तिले दिएको अभिब्यक्तिले हाम्रो डाँडाखर्क टोल निकै नै स्तब्ध भएको छ।यसले सिङ्गो जिल्ला भित्र अभिभावक भनि सम्मान गरिने ब्यक्तिको नाममा कलङ्क अर्घा निवासि टोप ब.रायमाझि जसले ब्यक्तिगत फाईदा र जनतामाथि यस्ता झुटा लाल्छाना लगाउदै कु प्रचार गरि कु सस्कार र अरुले गरेको काम सबैलाई जानकारि हुदाहुदै यसरि अतालिएर मैले गरेको भनि बरबाउने सङ्ग अब जिल्लाले के अपेक्षा गर्ने तसर्थ यो बिषय माथि डाँडाखर्क युवाक्लब घोर भ्रत्सना गर्दछ । साथै यस बिषयमा सम्बन्धित निकाय र जिल्लाबासि सबैको ध्यानाकर्षण होस् । यस्तो कु- प्रचार  र अपमान जनक भ्रमित अभिब्यक्ति दिने जुनसुकै ब्यक्तिलाई डाँडाखर्कमा प्रवेश निशेध गरिएको जानकारि गराउदछौ।

                    डाँडाखर्क जागरुक युवा क्लव परिवार ।

 यस्तो अभिब्यक्ति ले कस्तो सँस्कारको बिकाश हुदै छ।

प्रतिक्रिया दिनुहोस्