राष्ट्रिय ढुकुटीमा भ्रष्टाचार गर्ने अधिकार कसैलाइ छैन: नेतृ पुष्पा भुसाल

| २०७९ कार्तिक २२ गते २१: ५४ मा प्रकाशित

अर्घाखाँची। नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पा भुसालले राष्ट्रिय ढुकुटीमा भ्रष्टाचार गर्ने अधिकार कसैलाइ नभएको बताएकी छन ।

सन्धिखर्कको वडा नं. १, २ र ३ का मतदातासँग विभिन्न ठाउँमा भेटघाट गर्दै जिल्लामा भित्रिएको बजेटमा अनियमितता भएको बताईन । जिल्लामा भित्रिने बजेटको दुरुपयोग भएको छ, बजेट कार्यकता पाल्नका लागी होईन, गाउँ र समाजको विकास गर्नका लागी हो ।

सांसद विकास कोष तथा प्रदेश र संघबाट विनियोजन भएको बजेटको दुरुपयोग बढी भएको बताउँदै सदुपयोग गरी समृद्ध जिल्ला बनाउँनका लागी गठबन्धन दलले जित्नुपर्ने बताए । निर्वाचनमा जितसँगै अब ५ वर्षसम्म गठबन्धनको सरकार बन्छ, अर्घाखाँचीको भ्रष्टाचार र बेथितिको अन्त्य गरी समृद्ध अर्घाखाँची बनाउँछौँ, नेतृ भुसालले भनिन् ।

पुर्वउपसभामुख समेत रहेकी भुसालले दलित, जनजाति, मुस्लीम, अपाङ्ग लगाएत सबै क्षेत्रको पहुँच पुग्नेगरी विकास हुनुपर्छ, उनले विकासमा आएको नामबाट भष्ट्रचार गरी राजनिती गर्ने काम भएको आरोप लगाएकी छन ।

टोपबहादुरले जिल्लामा ६ अर्ब भित्राएको भन्दै हिड्नेहरुले त्यो पैसा कहाँ खर्च भयो जिल्लाका जनताले थाहा पाउँनुपर्छ, राज्यको ढुकुटीबाट एमालेले कार्यकर्ता पोषेको नेतृ भुसालले आरोप लगाइन ।

१५ बर्ष रायमाझी सांसद हुदा ल्याएको संसद बिकास कोषको बार्षिक ५ करोडको हिसाब जनताले माग्नुपर्ने पनि भुसालले बताइन । जिल्ला बासी नागरिकले विकासको वास्तविक महशुश गर्ने गरि काम गर्नुपर्ने बताईन ।

प्रतिक्रिया दिनुहोस्