नेतृ भुसालले म्यासेज मार्फत भोट मागिन

| २०७९ मंसिर १ गते १९: ११ मा प्रकाशित

अर्घाखाँची, १ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा अर्घाखाँची प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पा भुसालले म्यासेज मार्फत मत माग्नुभएकाे छ । निर्वाचनकाे माैन अवधि नलाग्दै नेतृ भुसालले म्यासेज मार्फत अमुल्य मत  माग्नुभएकाे हाे ।

उहाँले सबै मतदातालाई म्यासेज पठाउँदै चुनावी व्यस्तताका बावजुद पनि यहाँसँग प्रत्यक्ष भेट हुन सकेन, मंसिर ४ गतेकाे निर्वाचनमा तपाईं सहित स-परिवारले प्रतिनिधि सभातर्फ रुख चिन्ह, प्रदेशसभा (क) मा गीलास र प्रदेशसभा (ख) मा रूख चिन्हमा मतदान गरी बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउनुहुन बिनम्र अनुरोध गर्दछु, उहाँकाे म्यासेजबाट प्राप्त सन्देशमा लेख्नुभएको छ ।

अर्घाखाँचीकाे विकास र समृद्धीका लागि गठबन्धनका उम्मेदवारलाई जिताउँनुस, निर्वाचनकाे माैन अवधिमा सचेत भएर ध्यान दिन आग्रह गर्दै स्वच्छ रूपमा मतदान हुने विश्वास छ, निर्धक्क रूपमा मतदान गरि विजयी बनाउनुहुन नेतृ भुसालकाे अपिल रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्