अर्घाखाँचीमा टोपबहादुर भन्दा १४८६ मतले पछि परिन् पुष्पा

| २०७९ मंसिर ६ गते ००: ४४ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँचीमा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले अग्रता कायमै राखेका छन् । मत गणना भएको ७ हजार ६८ मतमध्ये रायमाझीले ४ हजार ६८ मत प्राप्त गरेर अग्रता कायमै राखेका हुन्।

गठबन्धनकी पुष्पा भुसाल ले २ हजार ५ सय ८२ मत पाएकी छन् । टोपबहादुर रायमाझी भन्दा भुसाल १ हजार ४ सय ८६ मतले पछाडि छिन् ।

अघिल्लो चुनावमा यो क्षेत्रमा रायमाझी नै विजयी हाँसिल गरेका थिए । त्यो बेला उनी माओवादी केन्द्रमा थिए ।

प्रतिक्रिया दिनुहोस्