अर्घखाँचीमा टोपबहादुर रायमाझीले गठबन्धनलाई पा'नी भन्न दिएनन् : लगातार चौंथो जित

| २०७९ मंसिर ७ गते २२: ३० मा प्रकाशित

कमला घिमिरे ,अर्घाखाँची। अर्घाखाँची बाट प्रतिनिधि सभा का नेकपा एमालेका उम्मेदवार नेता टोपबहादुर रायमाझी आफ्नी प्रतिद्वन्दी गठबन्धनकी उम्मेदवार नेतृ पुष्पा भुसाललाई पराजित गर्दै अर्घाखाँची बाट चौंथो  पटक विजयी भएका छन्।

एमाले नेता रायमाझीले नेतृ पुष्पा भुसाललाई १ ,७३०  मतको अन्तरले पराजित गर्दै अर्घाखाँची बाट लगातार चौंथो  पटक जित हाँसिल गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। रायमाझी यस अघिको चुनावमा माओबादी केन्द्रमा रहँदा २ पटक सम्म संसदीय चुनाव जितेका थिए।

नेकपा एमालेका  प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेता टोपबहादुर रायमाझीले कुल ४२,६७५ मत लिएका छन् भने गठबन्धनकी उम्मेदवार नेतृ पुष्पा भुसालले ४०.९४५   मत प्राप्त गरेकी छिन। 

प्रतिक्रिया दिनुहोस्