कपिलवस्तुमा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ अर्घाखाँचीका एक किशोरको मृत्यु

| २०७९ मंसिर २३ गते १२: ३९ मा प्रकाशित

कपिलवस्तु-बुद्धभूमि नगरपालिका वडा नम्बर २ गोरुसिंगेमा भएको उक्त दुर्घटनामा अर्घाखाँचीका १७ बर्षीय सम्राट खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । गम्भिर घाईते भएका उनलाई थप उपचारका लागी बुटवल लैजाने क्रममा मृत्यु भएको हो ।

मृतकका बुवा समेत रहेका स्कुटर चालक लक्ष्मण खनाल भने सामान्य घाईते भएका छन । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जादै गरेको लु २ ख ६५०१ नम्बरको ट्रकले लु ६२ प ८७८४ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

भित्री बाटोमा मुख्य राजमार्गमा प्रवेश गर्न लाग्दाँ ट्रकले स्कुटरलाई ठक्कर दिदाँ घटना भएको प्रहरीको प्राराम्भिक अनुसन्धानबाट खुलेको हो 
प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्