कमला घिमिरे ,सन्धिखर्क। पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को चौंथो दिन सन्धिखर्क १ को कूँडुंले फाँटंमा चर्चित लोकदोहोरि गायक राम्झी खाँड र गायिका सिता रानाको प्रस्तुतिमा दर्शकहरुले नाँचेर भरपुर् मनोरंजन लिएका छन्।
प्रदर्शनीको चौंथो दिन पनि कूँडुंले फाँटंमा दर्शकह बाक्लो उपस्थिति रहेको थियो।
आज शनिवारको दिन दर्शक हरुको खचाखाच रहेको कूँडुंले फाँटंमा चर्चित लोकदोहोरि गायक राम्झी खाँड र गायिका सिता राना र हाँस्य व्यंग्य कलाकार बिष्णु जी पाण्डे (माइला बा) ले दर्शक हरुलाई भरपुर् मनोरंजन दिएका थिए।
साथै दर्शकहरुको उत्साह हिंजो अस्ति भन्दा आज धेरै बढी देखिन्थ्यो।
माघ ११ गते देखि २४ गतेसम्म मेला सुचारु हुने आयोजकले जनाएको छ। ‘कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको १५ दिने मेलाको माघ ११ गते भव्य रुपमा उद्घाटन भएको हो।
महोत्सवको पाँचौं दिन अर्थात भोलि चर्चित लोकदोहोरि गायक खेम सेन्चुरी ,गायिका लक्ष्मी बस्नेत ,हाँस्य व्यंग्य कलाकार उज्वल गिरि दिपु मगरको बेजोड प्रस्तुति रहने छ।
प्रतिक्रिया दिनुहोस्