कमला घिमिरे,सन्धिखर्क। पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को पाँचौं दिन सन्धिखर्क १ को कूँडुंले फाँटंमा चर्चित लोकदोहोरि गायक सर्जक खेम सेन्चुरी र गायिका लक्ष्मी बस्नेत को प्रस्तुतिमा दर्शकहरुले नाँचेर भरपुर् मनोरंजन लिएका छन्।
प्रदर्शनीको पाँचौँ दिन पनि कूँडुंले फाँटंमा दर्शकहरुको उपस्थिति शनिवारको भन्दा कम थिएन।
सन्धिखर्क १ को कूँडुंले फाँटंमा चर्चित लोकदोहोरि गायक सर्जक खेम सेन्चुरी र गायिका लक्ष्मी बस्नेत र हाँस्य व्यंग्य कलाकार उज्वल गिरि ले दर्शक हरुलाई भरपुर् मनोरंजन दिएका थिए।पाँचौं अर्घाखाँची महोत्सवमा युवा भन्दा युवती हरुको जोश र उत्साह सहित दैनिकी सामाजिक संजालमा भाईरल हुने क्रम जारि नै रहेको छ।
माघ ११ गते देखि २४ गतेसम्म मेला सुचारु हुने आयोजकले जनाएको छ। ‘कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको १५ दिने मेलाको माघ ११ गते भव्य रुपमा उद्घाटन भएको हो।महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले गरेका थिए।
महोत्सवको छैठौं दिन अर्थात भोलि चर्चित लोकदोहोरि गायक हेमन्त शर्मा ,दिपक गरौजा ,लालमाया थापाको बेजोड प्रस्तुति रहने छ।
कूँडुंले फाँटंमा चर्चित लोकदोहोरि गायक सर्जक खेम सेन्चुरीको आज जन्म दिनको अवसरमा केक काटेर मनाईएको थियो।
प्रतिक्रिया दिनुहोस्