पाँचौं अर्घाखाँची महाेत्सवको छैंठौं दिन कूँडुंले फाँटंमा युवतीहरुले मच्चाए नाचेर ह'ङ्गा'मा (तस्विर -भिडियो सहित )

| २०७९ माघ १६ गते १८: १९ मा प्रकाशित

पुजा कुँवर ,रबि पोख्रेल। पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को छैंठौं दिन सन्धिखर्क १ को कूँडुंले फाँटंमा चर्चित लोकदोहोरि गायक हेमन्त शर्मा गायिका लालमाया थापाको को प्रस्तुतिमा दर्शकहरुले नाँचेर भरपुर् मनोरंजन लिएका छन्। 

 कूँडुंले फाँटंमा  छैंठौं दिन 

प्रदर्शनीको छैंठौं दिन पनि कूँडुंले फाँटंमा दर्शकहरुको उपस्थिति सन्तोष जनक रहेको थियो।

कूँडुंले फाँटंमा दर्शकहरु

सन्धिखर्क १ को कूँडुंले फाँटंमा चर्चित लोकदोहोरि गायक हेमन्त शर्मा ले दर्शक हरुलाई भरपुर् मनोरंजन दिएका थिए।

गायक हेमन्त शर्मा

साथै लोकदोहोरी गायिका लालमाया थापाको को पनि धमाकेदार प्रस्तुति रहेको थियो। 

गायिका लालमाया थापा

छैठौँ दिन अर्घाखाँचीको शितगंगाका गायक दिपक गरौजाले पनि दर्शक हरु लाई भरपुर् मनोरंजन दिएका थिए। 

गायक दिपक गरौजा

पाँचौं अर्घाखाँची महोत्सवमा युवा भन्दा युवती हरुको जोश र उत्साह सहित दैनिकी सामाजिक संजालमा भाईरल हुने क्रम जारि नै रहेको छ। 

दैनिकी सामाजिक संजालमा भाईरल हुने क्रम जारि नै रहेको छ

माघ ११ गते देखि २४ गतेसम्म मेला सुचारु हुने आयोजकले जनाएको छ।  ‘कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको १५ दिने मेलाको माघ ११ गते भव्य रुपमा उद्घाटन भएको हो।महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले गरेका थिए। 

महोत्सवको सातौँ  दिन अर्थात भोलि चर्चित लोकदोहोरि गायक खुम अधिकारि ,बिक्रम बाबु बिश्वकर्मा ,मोडल अभिषेक खड्का, गायिका संगीता चितौरे ,अर्घाखाँचीका गायक अभिनव चौहान को  बेजोड प्रस्तुति रहने छ। 

महोत्सवको सातौँ  दिन आउँने कलाकारहरु 

प्रतिक्रिया दिनुहोस्