रमेश थापा /कमला घिमिरे,सन्धिखर्क।पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को दशौँ दिन सन्धिखर्क १ को कूँडुंले फाँटंमा अर्घाखाँची की चेली चर्चित लोकदोहोरि गायिका सम्झना लामिछानेले साङ्गितिक धुलो उडाएकी छिन।
अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका जुकेनामा जन्मेकी गायिका सम्झना लामिछाने पछिल्लो समयमा स्वदेशका कार्यक्रम मा भन्दा विदेश का कार्यकममा व्यस्त देखिन्छिन।जुकेना जस्तो बिकट ठाउँमा जन्मेर पनि सम्झना लामीछाने मगर राष्ट्रिय ख्याति प्राप्त कलाकार बन्न पुगेकी छिन।
पाँचौं अर्घाखाँची महाेत्सवको दशौँ दिन सन्धिखर्कको कूँडुंले फाँटंमा पुगेकी सम्झना लामिछाने मगरले आफ्ना बिभिन्न बिदाका गित गाएर स्टेजमा बेजोड धमाका प्रस्तुत गर्दै कूँडुंले फाँटंमा उपस्थित समस्त दर्शक हरुको माहोललाई एकदमै तताएकि थीइन।गायिका लामिछाने कूँडुंले फाँटंमा उपस्थित रहेका दर्शक हरुको हौसला ,उत्साह र आफुले पाएको मायालाई दर्शक हरुको खुलेरै प्रंशशा गरेकी थीइन।उनले आगामी दिनमा पनि जिल्लावासी बाट यस्तै माया ममता पाईरहने अपेक्षा गरेकी छिन।
प्रदर्शनीको दशौँ दिन पनि कूँडुंले फाँटंमा दर्शकहरुको उपस्थिति खचाखच रहेको थियो।दिनप्रतिदिन कूँडुंले फाँटंमा दर्शक हरु आउँने क्रम तिब्र रुपमा बढीरहेको आयोजक ले जनाएको छ र हामीहरु पनि सामजिक संजालमा तस्विर भिडियो देख्न सक्छौँ।
महोत्सवको दशौँ दिन मा चर्चित कलाकार चन्द्र शर्माको पनि कूँडुंले फाँटंमा बेजोड प्रस्तुति रहेको थियो। शर्माले "हेर सानु माया बिना दिन पनि महिना झैँ "लगायतका थुप्रै गितहरु गाएर कूँडुंले फाँटंमा उपस्थित रहेका दर्शकहरु लाई भरपुर मनोरंजन दिएका थिए। गायक चन्द्र शर्मा दोहोरि च्याम्पियन शो का निर्णायक समेत रहेका छन्। दशौँ दिनको अन्तिम समयमा गायिका सम्झना लामिछाने मगर संग दोहोरि गित गाएर दुवै जनाले दर्शकहरुलाई झनै मनोरंजन दिएका थिए।
साथै गायक सरोज आचार्यको पनि प्रस्तुति रहेको थियो। उनले पनि दर्शक हरु लाई नचाउँन सफल भएका थिए।
दशौँ दिनको प्रदर्शनीमा पनि एलिसा डान्स ग्रुप काठमाण्डौ की डान्सर एलिसा बराल ले दर्शक सामु आफ्नो प्रस्तुति राखेर भरपुर मनोरन्जन दिएकि थीइन।
एलिसा डान्स ग्रुप काठमाण्डौ ले निरन्तर सातौँ दिन देखि आफ्नो नृत्य प्रस्तुती कूँडुंले फाँटंमा प्रस्तुत गरिरहेको छ।
माघ ११ गते देखि २४ गतेसम्म मेला सुचारु हुने आयोजकले जनाएको छ।कार्यक्रमको उद्घोष गायक दिपु मगरले गरिरहेका छन्।उनको जन्म घर प्युठान रहेता पनि हाल बुटवलमा बसेर आफ्नो सांगीतिक क्षेत्रलाई अगाडी बढाईरहेका छन्।
‘कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको १५ दिने मेलाको माघ ११ गते भव्य रुपमा उद्घाटन भएको हो।महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले गरेका थिए।
महोत्सवको एघारौँ दिन अर्थात भोलि माघ २१ गते शनिवारको दिन चर्चित लोकदोहोरि गायिका ज्योति मगर,गायक घनश्याम रिजाल ,गायिका शोभा त्रीपाठी लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्