पाँचौँ अर्घाखाँची महोत्सवको एघारौँ दिनमा गायिका ज्योति मगर नआएपछि दर्शक हरु भड्किए: आयोजक विरुद्व नारावाजी (भिडियो सहित)

| २०७९ माघ २१ गते १९: ३५ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को एघारौँ दिन सन्धिखर्क १ को कूँडुंले फाँटंमा ज्योति मगर न आए पछि दर्शक हरुमा निराश छाएको छ। 

महोत्सव को दशौँ दिन आयोजक समूहले एघारौँ दिन अर्थात आज शनिवार चर्चित लोकदोहोरि गायिका ज्योति मगर आउँने भनेर सुचना प्रकाशित गरेको थियो तर सयौँ दर्शक हरु कूँडुंले फाँटंमा पुग्दा ज्योति मगर नआउँने खबर आयोजक बाट पाएपछि दर्शकहरु आक्रोशित हुँदै निरास देखिन्थे। 

दर्शकहरु

ज्योति मगरले आफ्नो आधिकारिक फेसबुक पेज बाट अर्घाखाँची महोत्सव को एघारौँ दिन आउँन न सक्ने जानकारी गराएकी थीइन। उनि अर्घाखाँची महोत्सवका लागि काठमाण्डौ विमानस्थल मा रहेको र मौसम खराबी का कारण बिमान भैरहवाका लागि उडान हुन् न सके पछि अर्घाखाँची आउँन न सकेको स्पष्टिकरण दिएकि छन्। तर गायिका ज्योति मगर माघ २३ गते भने आफु अर्घाखाँची आउँने र आजको उपस्थिति जस्तै २३ गते पनि अझै धेरै दर्शक हरु को उपस्थिति हुनु पर्छ है भन्दै भिडियो मार्फत जिल्लावासी लाई संदेश छाडेकी छिन। 

 कूँडुंले फाँटंमा भने ज्योति मगर नआएपछि दर्शक हरुले आयोजक विरुद्व हाम्रो ६० रुपैयाँ फिर्ता दे ,ज्योति मगर हाई हाई भनेर नारावाजी लगाएका थिए।

कूँडुंले फाँटंमा आज देखिएको ज्योतिको क्रेज साँच्चिकै एक फरक खालको देखिन्थ्यो। 

प्रतिक्रिया दिनुहोस्