पाँचौं अर्घाखाँची महाेत्सवको एघारौँ दिन दर्शकहरुको उपस्थिति ले रेकर्ड कायम: ज्योति नआउँदा दर्शकमा निराश

| २०७९ माघ २१ गते २२: १८ मा प्रकाशित

रमेश थापा, पुजा कुँवर ,सन्धिखर्क। पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को एघारौँ दिन सन्धिखर्क १ को कूँडुंले फाँटंमा दर्शकहरुको उपस्थितिले रेकर्ड ब्रेक गरेको आयोजक सचिवालय ले जनाएको छ। 

एघारौँ दिन सन्धिखर्क १ को कूँडुंले फाँटंमा दर्शकहरुको उपस्थितिले रेकर्ड ब्रेक

महोत्सवको एघारौँ दिन शनिवार बिदाको दिन पनि परेको र लोकदोहोरी गायिका ज्योति मगर आउँने सुचना पाएपछि दर्शक हरुको घुँईचो लाग्न पुगेको आयोजक ले जनाएको छ। 

महोत्सव आयोजकका अनुसार झन्डै १० हजार दर्शक हरुको आज  कूँडुंले फाँटंमा  उपस्थिति रहेको बुझिएको छ। शनिवार महोत्सव वरिपारि का स्टलहरु देखि स्टेज सम्म दर्शक हरुको भिडभाड देख्न सकिन्थ्यो। 

दर्शक हरुको भिडभाड

एघारौँ दिनमा लोकदोहोरी गायक  घनश्याम रिजाल ,गायिका शोभा त्रीपाठी र एलिशा डान्स ग्रुप काठमाण्डौ समुह लगायतका कलाकारहरुको  प्रस्तुति रेहको थियो।

घनश्याम रिजाल

दर्शकहरुको उपस्थिति अनुसार एघारौँ दिनका कलाकारहरुको प्रस्तुति दिन न सकेको मेला हेर्न आएका युवायुवतीहरु बताउछन। आज गायिका ज्योति मगर आएको भए  कूँडुंले फाँटंमा दर्शकहरुको भिडभाड लाई समहाल्न आयोजक समूहलाई हम्मे हम्मे पर्न सक्ने अनुमान गरेका छन् । 

‘कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको १५ दिने मेलाको माघ ११ गते भव्य रुपमा उद्घाटन भएको हो।महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले गरेका थिए। 

महोत्सवको बाह्रौँ दिन अर्थात भोलि माघ २२  गते आइतवारको दिन चर्चित लोकदोहोरि गायक पशुपति शर्मा गायिका शोभा त्रीपाठी,गायक बिष्णु सिंजाली ,कृष्ण लामिछाने लगायतका कलाकारहरुको  बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। 

भोलि माघ २२ गते आइतवारको दिन आउँने कलाकार हरु 

 

प्रतिक्रिया दिनुहोस्