पाँचौं अर्घाखाँची महाेत्सवको १२ औँ दिनमा पशुपति शर्माले कूँडुंले फाँटंमा धमाका मच्चाए

| २०७९ माघ २२ गते १९: ०८ मा प्रकाशित

रबि पोख्रेल ,पुजा कुँवर ,सन्धिखर्क।  पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को बाह्रौँ दिन सन्धिखर्क १ को कूँडुंले फाँटंमा चर्चित लोकदोहोरि गायक पशुपति शर्माले दर्शक हरुलाई आफ्नो प्रस्तुति बाट भरपुर मनोरंजन दिएका थिए। 

लोकदोहोरि गायक पशुपति शर्मा

महोत्सवको बाह्रौँ दिन चर्चित लोकदोहोरि गायक पशुपति शर्मा, गायक बिष्णु सिंजाली ,कृष्ण लामिछाने र शोभा त्रीपाठीको प्रस्तुति रहेको थियो। 

गायक बिष्णु सिंजाली

महोत्सवको शुरुवाती दिनमा दर्शक हरुको पातलो उपस्थिति रहेता पनि पछिल्लो दिनहरुमा दर्शक हरुको उपस्थिति राम्रै देखिएको छ। दर्शक हरुको उपस्थिति बाक्लो देखिएता पनि स्टल राखेका व्यापारीहरु भने व्यापारनै म भएको गुनासो गर्ने गरेका छन्। 

Caption

कृषि, पर्यटन, उद्योग र व्यपार, समृद्ध र सुखी अर्घाखाँची निर्माणको आधार’ भन्ने मूल नाराका साथ सुरु भएको १५ दिने मेलाको माघ ११ गते भव्य रुपमा उद्घाटन भएको हो।महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीले गरेका थिए। 

अभिनव चौहान ,शोभा त्रीपाठी 

महोत्सवको तेह्रौँ दिन अर्थात भोलि माघ २३ गते सोमवारको दिन चर्चित लोकदोहोरि गायिका प्रिती आले मगर ,लगायतका कलाकारहरुको  बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। 

भोलि चर्चित गायिका ज्योति मगर पनि अर्घाखाँची महोसत्वमा आउँने महोत्सव सचिवालयले जानकारी गराएको छ । 

 

प्रतिक्रिया दिनुहोस्