पाँचौं अर्घाखाँची महाेत्सवमा अर्घाखाँची बुलेटिनका प्रतिनिधि रमेश थापा र पुजा कुँवर क्षेत्रि प्रशंसा पत्रबाट सम्मानित

| २०७९ माघ २४ गते २१: २७ मा प्रकाशित

पिताम्बर थापा ,अर्घाखाँची।  पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को १४ औँ दिनको समापान कार्यक्रममा आयोजक उधोग बाणिज्य महासंघ अर्घाखाँची र चेम्बेर अफ कमर्श अर्घाखाँचीले अर्घाखाँची बुलेटिन डट्कम का प्रतिनिधिहरु लाई मायाको चिनो ले सम्मान गरेको छ। 

 अर्घाखाँची बुलेटिन डट्कम का प्रतिनिधिहरु लाई मायाको चिनो ले सम्मान

माघ ११ गते उद्घाटन गरिएको पाँचौँ अर्घाखाँची महोत्सवमा अर्घाखाँची बुलेटिन डट्कमका प्रत्यक्ष लाइभ प्रशारण बिभाग प्रमुख रमेश थापा र सह -प्रमुख पुजा कुँवर क्षेत्रि उधोग बाणिज्य महासंघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्र र प्रदेश सभा सदस्य राम्झी प्रसाद घिमिरेको हात बाट सम्मान पत्र प्रदान गरिएको थियो। 

प्रशंसा पत्रमा लेखिएको छ -

अर्घाखाँची उधोग बाणिज्य महासंघ तथा अर्घाखाँची चेम्बेर अफ कमर्शको आयोजनामा २०७९ माघ ११ गते देखि माघ २४ गते सम्म संचालित पाँचौँ  र्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न श्री  अर्घाखाँचीबुलेटिन अर्घाखाँची ले मिडिया पार्टनर को भूमिकामा रही पुर्याएको महत्पूर्ण योगदानको उच्च मुल्यांकन गर्दै स धन्यबाद यो प्रशंसा पत्र प्रदान गरिएको छ। 

प्रशंसा पत्र

 

प्रतिक्रिया दिनुहोस्