अर्घाखाँची अस्पतालको चरम लाहपर्वाही,पेटमा मृ'त्यु भईसकेको बच्चालाई भन्यो जिवितै छ :झन्डै लिएँन गर्भवती महिलाको ज्या'न (भिडियो सहित)

| २०७९ माघ २६ गते १६: १० मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क।अर्घाखाँचीको सदरमुकाम मा रहेको अर्घाखाँची अस्पतालमा एक गर्भवती महिला माथि चरम लाहपर्वाही गरेको पाईएको छ। 

भुमिकास्थान नगरपालिका वडा नम्बर - १ कि २० बर्षिया गर्भवती महिला शुशिला नेपाली को स्वास्थ्य चेकजाँच र भिडियो एक्स -रे मा अर्घाखाँची अस्पतालका डाक्टरहरुले चरम लाहपर्वाही गरेको शुशिला नेपालीका घरपरिवारको आरोप छ। 

गर्भवती महिला शुशिला नेपालीले अर्घाखाँची अस्पताल जानु अघि सन्धिखर्क १ मा रहेको ओम पोलिक्लिनिक मा भिडियो एक्स रे गरेकी थीइन। ओम पोलिक्लिनिकको भिडियो एक्स रे रिपोर्टमा उक्त गर्भवती महिलाको पेटमा रहेको बच्चा को मृत्यु भई सकेको डाक्टरहरुले नेपालीका घरपरिवारलाई जानकारी दिँदै बच्चाको पेटमा मृत्यु भई सकेका कारण आमाको ज्यान जोखिममा पर्न सक्छ ,गर्भवती महिलालाई तुरुन्तै बुटवल अस्पताल लैजान सल्लाह सुझाव दिएका थिए। 

ओम पोलिक्लिनिक का डाक्टरहरुको सल्लाह सुझाब पछि थप उपचारको लागि अर्घाखाँची अस्पतालमा पुगेकी २० बर्षिया गर्भवती महिला शुशिला नेपालीको स्वास्थ्य चेक जांच र भिडियो एक्स -रे पछिको रिपोर्ट अनुसार बच्चा  जिवितै रहेको छ ,आत्तिनु डराउँनु पर्दैन तर उल्टो अवस्थामा पेटमा रहेको डाक्टरहरुको सल्लाह सुझाब पछि खुसि हुँदै बच्चाको मृत्यु भईसकेको जानकारी दिने ओम पोलिक्लिनिकका डाक्टरहरु प्रति शुशिला लगायत निजका घरपरिवारहरु आक्रोशित रहेका थिए। 

तर सत्य रिपोर्ट भने ओम पोलिक्लिनिकको थियो भने पेटमा मरिसकेको बच्चालाई जिवितै छ भनेर जानकारी दिने अर्घाखाँची अस्पताल भने झुटो थियो,र गर्भवती महिलाको स्वास्थ्य प्रति अर्घाखाँची अस्पतालको चरम लाहपर्वाही देखिन्छ। 

अल्ट्रासाउण्ड सही  रिपोर्ट                                                                                                            

 

अर्घाखाँची अस्पतालले बच्चा जिवितै रहेको रिपोर्ट दिंदै निज गर्भवती महिलालाई आतिनु पर्दैन भन्दै औषधि दिएर केहि दिन पछी पुन: स्वास्थ्य चेक जाँच गर्न आउँनु होला भनेर घर पठाएको शुशिला नेपाली का आफन्तले अर्घाखाँची बुलेटिनलाई बताउँनुहुन्छ। 

घर फर्किने क्रममा सन्धिखर्क १ मा रहेको ओम पोलिक्लिनिकमा पुन: शुशिला नेपाली सहित उनका आफन्त हरु डाक्टरहरु आक्रोशित हुन्छन ,झैँ झगडा गर्न शुरु गर्छन जिवितै रहेको बच्चालाई मृत्यु भईसकेको झुटो जानकारी दिने भन्दै चर्को आवाज ले डाक्टरहरुलाई थर्काउन शुरु गर्छन ,तर ओम पोलिक्लिनिकका डाक्टरहरुले भिडियो एक्स रे मा रहेको रिपोर्ट सत्य रहेको बताउँदै गर्भवती महिलाको पुन: भिडियो एक्स रे गरिदिने तर पैसा न लिने प्रण  गर्छन। 

ओम पोलिक्लिनिकले पुन: दोश्रो पटक गरेको भिडियो एक्स रे मा पनि शुशिला को पेटमा रहेको बच्चा को मृत्यु भई सकेको जानकारी दिए संगै अर्घखाँची अस्पतालले दिएको झुटो रिपोर्ट मा अल्झेर न बस्ने निर्णय संगै गर्भवती महिला शुसिला नेपाली लाई निजका घरपरिवारले थप उपचारका लागि तुरुन्तै बुटवल लगेका थिए। 

बिडम्बना ओम पोलिक्लिनिकले जे रिपोर्ट दिएको थियो बुटवलमा पनि त्यही नै  रिपोर्ट आयो बच्चाको अवस्थाको नकारात्मक रिपोर्ट आईसके पछि गर्भवती आमाको स्वास्थ्य को मध्यनजर राख्दै पेट मा रहेको बच्चालाई क्युरेट गरिएको छ। शुशिला नेपालीको स्वास्थ्य भने सामान्य रहेको बुझिएको छ।

हामि अर्घाखाँचीवासी अर्घाखाँची अस्पताल बाट नै असुरक्षित छौँ भने यस गम्भीर घटना बाट प्रष्ट हुन्छ। जुन जोगी आए पनि कानै चिरेका भने जस्तै अर्घाखाँची अस्पतालमा जुन डाक्टर आएता पनि अस्पतालले गर्ने यस्तै प्रकारका चरम लाह्पर्वाही भने अझै हटन सकीरहेको छैन।गर्भवती महिलालाई अर्घाखाँची अस्पतालले दिएको झुटो रिपोर्ट का कारण शुसिला नेपालीको ज्यान उच्च जोखि मा रहेको थियो। आखिर अर्घाखाँची अस्पतालका डाक्टरहरुको यस्तै प्रकारको चरम लाहपर्वाही का कारण अकालमै जिल्लावासीले मृत्युवरण गर्नु पर्ने होर ? सरोकारवाला सम्बन्धित निकाय को ध्यानाकर्षण कहिले जाने ?  

प्रतिक्रिया दिनुहोस्