राष्ट्रिय महिला आयोगद्वारा सन्धिखर्कमा सरोकार वाला बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

| २०७९ माघ २६ गते १८: ३८ मा प्रकाशित

अशोक खनाल,सन्धिखर्क।राष्ट्रिय महिला आयोगका केन्द्रिय का.बा. अध्यक्ष कृष्ण कुमारी पौडेल खतिवडाले सरोकार वाला बिच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकी छ्न। 

अन्तरक्रिया कार्यक्रम

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा आयोजित कार्यक्रममा उनले सामाजिक कुरिती र महिला हिंसाबिचको सम्बन्ध ,नेपालमा लैङ्िगक हिंसाको अवस्था ,हानिकारक परम्परागत अभ्यासहरुको असर ,हानिकारक परम्परागत अभ्यास विरुद्धको साझा अभियान ,हानिकारक परम्परागत अभ्यासहरुको अन्तका लागी रास्टिय कानुनी ब्याबस्था नीति तथा कार्ययोजना प्रबाह गर्नु पर्ने सन्देश , बालबिबाह,दाइजो बोक्सी  प्रथा ,लिङ्ग पहिचान गरि गर्भपतन गर्भपतन तथा भुणहत्या विरुद्धको कानुनी ब्याबस्था बहुबिबाह ,आत्महत्या लगायतका बिषयमा अन्तरक्रिया गरिएको थियो।

अन्तरक्रिया कार्यक्रम

कार्यक्रम प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालको अध्यक्षता प्रहरी निरीक्षक अर्जुन पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजाल

 

प्रतिक्रिया दिनुहोस्