मोटरसाइकल दुर्घटनामा परि सन्धिखर्कका प्रकाश महत को मृ'त्यु

नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशनमा सहभागी हुनका लागि अर्घाखाँची देखि बिराटनगर पुगेका थिए महत

| २०७९ फागुन ८ गते १६: ३५ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी स्थायी घर भई हाल सन्धिखर्क नगरपालिका वडा नम्बर १ को कूँडुंले फाँटमा बसोबास गर्दै आएका प्रकाश महतको सडक दुर्घटनामा परि निधन भएको छ।

नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशनमा सहभागी हुनका लागि अर्घाखाँची देखि बिराटनगर पुगेका ३५ बर्षिय प्रकाश महतको आइतवार राती १० बजेर ४८ मिनेट जाँदा बिराटनगरको बरगाछीस्थित होटल मनास्लु अगाडि उनि सवार रहेको मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै मृ'त्यु हुन् पुगेको प्रहरी श्रोतले जनाएको छ।

मोटरसाइकल दुर्घटना

बन्द सत्र स्थगित भएपछि होटल फर्कने क्रममा आइतवार राती उनको मोटरसाइकल दुर्घटनामा परि ज्या'न गएको हो। 

मृतक प्रकाश महत

मृतक प्रकाश महतको घरमा निजकी श्रीमती ,एक छोरा र एक छोरी रहेका छन्। 

यो पनि पढ्नुहोस 

नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशनमा सहभागी एक जना प्रतिनिधिको दुर्घटनामा परी ज्यान गएको छ ।

बन्द सत्र स्थगित भएपछि होटल फर्कने क्रममा आइतवार राती १० बजेर ४८ मिनेट जाँदा भएको दुर्घटनामा महासंघका महाधिवेशन प्रतिनिधिको मृत्यू भएको हो।

घटनाका प्रत्यक्षदर्सी महाधिवेशन प्रतिनिधिसमेत रहेका राजकुमार वलीका अनुसार बिराटनगरको बरगाछीस्थित होटल मनास्लु अगाडि मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा अर्घाखाँचीका प्रतिनिधि प्रकाश महत रहेका वलीले जानकारी दिनुभयो ।

‘सगैं बसेर महाधिबेशनमा सहभागि भएका कालो लेदरको ज्याकेट लगाएका अर्घाखाँचीका प्रकाश महत छुट्टिएको २ मिनेट मै राती १०–४८ बजे बिराटनगर, बरगाछि, होटल मनास्लु अगाडि मोटरसाइकल एक्सिडेन्ट भएर आंखै अगाडि बितेको खबर सार्वजनिक गर्न बिबस छु, प्रिय प्रकाश महतको शव अहिले नोबेल अस्पतालमा राखिएको छ भने नेपाल खेलकुद महासंघका नेताहरु पर्शुराम बस्नेत, रमेश पौडेल, गोकुल बास्कोटा दाइसहितको टोली घटनास्थलमा छौँ मृत आत्माको चीरशान्तिको कामना गर्दछौं,’ वलीले लेख्नुभएको छ ।स्रोत - जनता टाइम्स 

प्रतिक्रिया दिनुहोस्