रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँचीकाे अध्यक्षमा मित्रमणि मिश्र

| २०७९ फागुन २७ गते १७: १५ मा प्रकाशित

हरि कुँवर, अर्घाखाँची ।रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँचीकाे अध्यक्षमा मित्रमणि मिश्र चयन भएका छ्न ।

सनिवार सम्पन्न प्रथम जिल्ला अधिबेशनले मिश्रकाे नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेकाे हो ।

कार्यक्रमको प्रमुख अथिती नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले मन्तव्य राख्दै अहिलेको सरकार धेरै नटिक्ने जनता नेकपा एमालेको पक्षमा रहेको दाबी गरेका हुन । विदेशबाट फर्किएका तर आफ्नै पूँजी लगानी गर्न नसकेर भौतारिएका श्रमिकलाई सीप र क्षमताअनुसारको रोजगारीको व्यवस्था गर्न पार्टी संग हामीले छलफल र परामर्श गरिरहेको बताए ।

अथिती नेकपा एमाले प्रदेश कमिटी सदस्य जर्नादन खनाल , रेटर्नी फेडेरेसन नेपाल केन्द्रिय सदस्य वसन्त केसी लगायतले मन्तव्य राखेका थिए । सिर्जना पौडेल आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रम बिष्णु प्रसाद भुसालको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्